डुडुवा (बाँके) : जनमत पार्टी बाँकेले वडा अधिवेशनलाई तीब्र बनाएको छ । जनमतले अधिवेशनअन्र्गत मंगलवार डुडुवा गाउँपालिका वडा नं. १ होलियामा मूने अहमदको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको छ ।
जसको उपाध्यक्षमा बिमला बर्मा, सचिव सन्जु शाहू, कोषाध्यक्ष आरिफ दर्जीलाई चयन गरिएको छ । केन्द्रीय सदस्य इरफान शेषको प्रमुख आतिथ्यतामा सम्पन्न वडा अधिवेशनले जाहिरुन निशा खाँ, अजय सोनकर, मोलहे बडही, मायावती बर्मा, मनोरानी भुजवा, इमाम अलि दर्जी र हरजराम लोनिया सदस्यमा चयन गरेको जनमत पार्टी बाँकेले जनाएको छ ।