जनता मावि पूर्व विद्यार्थी समाजको स्वास्थ्य शिविरमा विशेषज्ञ सेवा

सदरलाइन संवाददाता २१ माघ २०७९, शनिबार १०:५४
 

खजुरा (बाँके) : बाँकेको खजुरामा रहेको जनता मावि.शन्तकुटी खजुरा पूर्व विद्यार्थी समाजले स्वर्ण जयन्तीको उपलक्ष्यमा आयोजना गरेको स्वास्थ्य शिविर सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथी खजुरा गाँउपालिका प्रमुख डम्वरवहादुर विक तुफानले पूर्व विद्यार्थीहरुले आफ्नो विद्यालयमा आयोजना गरेको यस्ता कार्यक्रमले समाजलाई कर्तब्य बोध गराउने विश्वास व्यक्त गरे ।

जनता मावि शन्तकुटी खजुरा पूर्व विद्यार्थी समाजका सल्लाकार एवं कार्यक्रमका संयोजक डा. पिताम्वर सुवेदीको अध्यक्षतामा कार्यक्रम संचालन भएको थियो । कार्यक्रमका अध्यक्ष डा. सुवेदीले आफुले यसरी आफु अध्यन गरेको विद्यालयमा स्वास्थ्य क्षेत्रमा सहयोग गर्न पाउदा खुसी लागेको र आफु समाजको हितमा हुने सकारात्मक कार्यमा जहिले पनि सगै हुने वताए ।

समाजका सल्लाकार दिलवहादुर पौडेलले स्वागत गरेको कार्यक्रममा जनता मावि शन्तकुटी पूर्व विद्यार्थी समाजका अध्यक्ष झविलाल शर्माले कार्यक्रमको उदेश्य माथी प्रकास पारेका थिए । कार्यक्रममा समाजका अध्यक्ष शर्माले हामी पूर्व विद्यार्थीहरुले स्वास्थ्यको माध्यमबाट आफुले अध्यन गरेको विद्यालयमा आफ्नो दाहित्व निभाउन र विद्यार्थीहरुलाई विद्यालय प्रति जिम्मेवार वनाउन पनि यो कार्यक्रम राखिएको वताए ।


जनता मावि शन्तकुटी पूर्व विद्यार्थी समाजको स्वास्थ्य शिविरमा नाक, कान, चर्मरोग, जनरल चेकजाँच, बालरोग र आखाँ सम्बन्धी विशेषज्ञ सेवा प्रदान गरिएको थियो । शिविरमा डा. पिताम्वर सुवेदी, डा. प्रचण्ड गौतम, डा.संकेत रिसाल, डा. आर के झा, डा. खगेन्द्र जंग शाह, लगायतका विशेषज्ञ डाक्टरहरुबाट स्वास्थ्य सेवा प्रदान गरिएको थियो भने डा.पुरुषोत्तम बर्मा, मेडिकल अफिसरहरुबाट सेवा उपलव्ध भएको थियो ।

कार्यक्रमबाट विद्यार्थी र अभिभावहरु गरेर ५ सय १० जनाले सेवा लिएका थिए । कार्यक्रमको लागि आवश्यक मेडिसिनहरु पूर्व विद्यार्थीहरु कार्यरत कम्पनीबाट निशुल्क रुपमा प्राप्त भएको थियो । औषधि जनता मावि पूर्व विद्यार्थी डा. प्रचण्ड गौतम, विकास दहाल, विष्णु देवकोटा, प्रेम खरेल लगायत ब्रृनोज कान स्वास्थ्य स्याहार केन्द्रका पुरन थारु, डा. अजय वैश्य, स्वास्थ्यकर्मी प्रसिद्ध ढकाल र खजुरा गाउँ पालिकाबाट प्राप्त भएको थियो ।

कार्यक्रममा विद्यालयका प्रअं महेन्द्र खत्री, पूर्व विद्यार्थी समाजका पदाधिकारी एवं सदस्यहरु, मेडिकल अफिसर डा. पुरुषोत्तम वर्मा लगायतका स्वास्थ्यकर्मीहरु, लक्ष्मी केसी, सुदिप पौडेल, खडानन्द भट्टराइ, नकुल थापा, प्रसिद्ध ढकाल, अर्जुन सुनार, प्रचण्ड गौतम, तिर्थमान समेतको स्वास्थ्यकर्मीको टिमले कार्यक्रममा सेवा प्रदान गरेको थियो । समुद्घाटन कार्यक्रम पूर्व विद्यार्थी समाजका सचिव विवेक लामिछानेले संचालन गरेका थिए ।

   

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

महिला लघुवित्तिय संस्था लिमिटेडका फिल्ड सहायकलाई दुई दिने तालिम

२१ माघ २०७९, शनिबार १०:५४
नेपालगञ्ज : महिला लघुवित्तिय संस्था लिमिटेड केन्द्रीय कार्यालय साँगा काभ्रेको आयोजनामा सुपरिवेक्षण तथा निरिक्षण कार्यालय नेपालगञ्ज अन्तरगतका फिल्ड सहायक कर्मचारीका लागि दुईदिने क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सम्पन्न भएको छ । केन्द्रीय कार्यालयको आयोजनामा गरिएको ‘कार्यक्रम सुदुढीकरण तालिम २०७९’ मा नेपालगञ्ज कार्यालय अन्तरगतका विभिन्न शाखाबाट गरी ३४ जना फिल्ड सहायक कर्मचारीहरुको […]