बालात्कार आरोपमा वृद्ध पक्राउ

१३ पुष २०७६, आईतवार १६:४५
 

सदरलाइनडटकम,
रुकुम : रुकुम पश्चिममा १४ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा ६९ वर्षीय वृद्ध पक्राउ परेका छन् । बाँफिकोट गाउँपालिका–९ झुलाका ६९ वर्षीय जसे दमाइलाई बालिका बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
छिमकीकै १४ वर्षीया छोरीलाई दमाइले आफ्नै घरमा आएको बेला जवरजस्ती करणीको गरेको पीडितको उजुरीमा उल्लेख भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए ।
दमाइको गोठ नजिकै पीडित घाँस काट्न आएको बेला ललाइफकाइ बोलाएर गोठभित्र लिएर दुई पटक जवरजस्ती करणी गरेको बालिकाले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ । जवरजस्ती करणीपछि कसैलाई नभन्नु भन्दै बालिकालाई उनले एक हजार रुपैयाँसमेत दिएको कुरा पीडित पक्षको दावी छ । पक्राउ गरेका दमाइलाई जवरजस्ती करणी मुद्दा दर्ता गरेर प्रहरी हिरासतमा राखिएको डिएसपी खड्काले बताए ।

Next Post

नेपाली बजारमा प्याजको मूल्य आकाशियो

१३ पुष २०७६, आईतवार १६:४५
सदरलाइनडटकम, नेपालगञ्ज : अहिले नेपाली बजारमा प्याजको मूल्य आकाशिएको छ । अप्रत्याशितरूपमा प्याजको मूल्य बढेसँगै सर्वसाधारण उपभोक्ताले अहिले प्याज खान छाडेका छन् । भारतले निर्यातमा प्रतिबन्ध लगायसँगै दशैँको समयपछि नेपाली बजारमा प्याजको मूल्य दिनप्रतिदिन बढ्दै गएको हो । भारतबाट सहजै निर्यात हुने प्याजको निर्यातमा अहिले प्रतिबन्ध छ । नेपाली बजारमा […]