दाङ : विद्यार्थी संगठन अनेरास्ववियुका नेता चेतन ऐडीको न्याय माग गर्दै दाङमा प्रदर्शन भएको छ । ऐडीको मंसिर ४ गते भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचतका दिन बाजुरमा प्रहरीको गोली लागेर मृत्यु भएको थियो ।
मृत्युपछि हत्यामा संलग्नलाई कारवाही हुन नसकेको भन्दै बुधबार दाङको घोराहीमा अनेरास्ववियुले विद्यार्थीहरु सहभागि बनाएर प्रदर्शन गरेको छ । चुनावका दिन भइरहेको बेतिथिका विरुद्धमा बोल्दा प्रहरीले गोली चलाएको र ऐडीको भएको भन्दै ऐडीले छिटो न्याय पाउनु पर्ने अनेरास्ववियु दाङका संयोजक सर्जन परियारले बताए ।
उनले ऐडीको न्यायका लागि राज्य गम्भीर बन्न सकेको बताए । यदि अझै ढिला गर्दै गएमा विद्यार्थीको आन्दोलन राज्यले थेग्न नसक्नेसमेत संयोजक परियारको चेतावनी छ ।