साताव्यापी मनाईएको मदन जयन्ती समापन

२१ असार २०७७, आईतवार १८:५३
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : जनताको बहुदलिय जनबाद ‘जबज’का प्रतिबादक तथा जननेता मदन भण्डारीको ६९ औं जयन्तीका अवसरमा नेकपा खजुरा गाउँपालिका कमिटीले विभिन्न रचनात्मक काम गरी मनाएको छ ।

सो अवसरमा गाउपार्टी कमिटीको आयोजनामा साताव्यापी रुपमा खजुराका विभिन्न स्थानमा ५ हजार बिरुवा रोपिएको छ । यसअघि रक्तदान लगायतका रचनात्मक कार्यक्रम गर्दै आएको नेकपा खजुराले गत असार १४ गतेदेखि औद्योगिक ग्रामबाट वृक्षारोण शुरु गरी सितापुरमा रहेको खेलकुद ग्राममा आएर समापन गरेको हो ।

गाउपार्टी कमिटीका अध्यक्ष राजकुमार विकले खजुरा गाउँपालिकाका ८ वटै वडामा वृक्षारोपण गरिएको बताए । बिरुवा बन कार्यालय र बढैयाताल गाउँपालिकाले सहयोग गरेको उनले जानकारी दिए ।


सो अवसरमा नेकपा बाँकेका अध्यक्ष तथा प्रदेश सांसद आइपी खरेल, प्रदेश सांसद बाबुराम गौतम, खजुरा गाउपालिका अध्यक्ष किस्मत कुमार कक्षपति, उपाध्यक्ष एकमाया विक, नेकपाका नेताहरु डम्बर बिक, लालबहादुर खत्री, भीम ओली, टंक पोखरेल, भक्तबहादुर केसीलगायतको सहभागिता रहेको थियो ।

खजुरा गाउँपालिका कमिटीका अध्यक्ष बिकले नेकपाले आयोजना गरेको विभिन्न रचनात्मक कार्यक्रममा सहभागीलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता कार्यहरुलाई निरन्तरता दिइने बताए । फोटो : भिम ओलीको फेशबुक वालबाट

Next Post

गुरु पूर्णिमाका दिन गुरु अर्थात् असल शिक्षक बारे विमर्श

२१ असार २०७७, आईतवार १८:५३
—लोकनारायण सुबेदी  , हाम्रा प्राचीन ग्रन्थहरुमा अध्यारोबाट उज्यालोतिर मार्गदर्शन गर्नेलाई गुरुको संज्ञा दिएको पाइन्छ । त्यसैले गुरुलाई ‘इश्वरीय त्रयता’ अर्थात ‘ब्रह्मा, बिष्णु र महेश्वर’कोरुपमा गुरुको सम्मान गर्ने दिनको रुपमा लिइन्छ गुरु पूर्णीमालाई । पूर्बीय गोलाद्र्धमा खाशगरी बेद ब्यासको जन्म जयन्तिको सन्दर्भमा यो गुरुपूर्णिमा समर्पित छ । तर, आजकल न गुरुको […]