नेपालगञ्ज : नेपालगञ्जस्थित भेरी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालद्वारा शनिबार जारी विवरण अनुसार पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा बाँकेका १७ र अन्य जिल्लाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


पछिल्लो २४ घण्टामा ७१ को नमुना परीक्षण गरिएको थियो । भेरीको प्रयोगशालामा हालसम्म ४५ हजार ७ सय ८४ जनाको नमुना परीक्षण गरिएकोमा ३ हजार ४ सय ५४ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ ।