नेपालगञ्ज : जनमत पार्टी बाँकेले संगठन विस्तारलाई तीव्रता दिँदै नेपालगञ्ज उपमहानगरपालिका १४ करियातीपुर्वामा ११ सदस्यीय गाउँ कमिटी गठन गरेको छ । सुनिल वर्माको अध्यक्षतामा गठन भएको समितिमा उपाध्यक्ष नन्कु कोरी, सचिव मँहगू कोरी, कोषाध्यक्ष राम किशोर कोरी, सदस्यमा रानी कोरी, छुहारा कोरी, मीना खटिक, सावित्री खटिक, दुलारे खटिक, सुमन बर्मा र नीरा खटिक रहेका छन् ।
यस्तै बभनपुर्वामा शम्भु प्रसाद पासीको अध्यक्षतामा गठन भएको समितिमा उपाध्यक्ष कृपाराम लोनिया, सचिव सुखराम पासी, कोषाध्यक्ष शौरभ शर्मा रहेका छने भने सदस्यमा झवरी पासी, सवली कोरी, राम कुमारी लोनिया, सम्पता लोनिया, कुन्नी लोनिया, रुचि पाण्डेय, गीता शर्मा तथा सरिता शर्मा रहेका छन ।


त्यस्तै वडा नं. १४ कै भवनियापुर गाउँमा सावनी प्रसाद कुर्मीको अध्यक्षतामा गठन गरिएको समितिमा उपाध्यक्ष श्याम विहारी शाहू, सचिव कमलेश खटिक, कोषाध्यक्ष सुन्तला चमार, सदस्यमा गुड्डी तेली, सेमावती चमार, अरुण रैदास, सहदेव प्रसाद कोरी, रानी कोरी, राम पारस कोरी तथा धन्नु खटिक रहेका छन् ।
यस्तै डुडुवा गाउपालिका वडा नं. ६ को फकिरे पुर्वा गाउँमा राम कुमार रैदासको अध्यक्षतामा गठन गरिएको समितिमा सदस्य लच्छीराम वर्मा, सोहन बर्मा, पहलाद धोबी, गोरख सोनकर, बरसाती रैदास, रमेश रैदास, दिनेश रैदास, ब्रिजेश बर्मा, हंशराम धोबी, राजू बर्मा तथा राम कुमार बर्मा रहेको जनमत पार्टीका केन्द्रीय सदस्य इरफान शेषले जानकारी दिए ।