पुप्पलालचोक नजिकै विकल्प आयुर्वेद सञ्चालनमा ल्याईदै

११ जेष्ठ २०७६, शनिबार १९:१७
 

सदरलाइनडटकम,
नेपालगञ्ज   : नेपालगञ्जमा विकल्प आयुर्वेद हेल्थ सेन्टर प्रालिले नेपालमै सबैभन्दा सस्तो र गुणस्तरिय आयुर्वेद सेवा दिने दावी गर्दै शाखा विस्तार गर्ने जनाएको छ ।
नेपालगञ्जको पुष्पलालचोकमा सोमबारदेखि सञ्चालनमा ल्याउन लागेको सो आयुर्वेद हेल्थ सेन्टरको चितवनको भरतपुरमा प्रधान कार्यालय स्थापना गरी धनगढी, पोखरा, काठमाडौंको बल्खु र घोराहीमा शाखा कार्यालय संचालनमा रहेको अध्यक्ष आकाश थापाले बताए ।
नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले सेन्टरको उद्घाटन गर्ने जानकारी दिदै अध्यक्ष थापाले भने–‘गुणस्तरीय उपचार सेवा दिने हाम्रो प्रालिको प्रमुख उद्धेश्य हो । अन्य अस्पताल भन्दा यहाँ उपचार पद्धती पनि राम्रो छ ।’
सञ्चालक सदस्य गोपाल आचार्यले प्रालिमा पञ्चकर्म सेवा रहेको बताए । पञ्चकर्म शरिरको स्वस्थताका लागि पनि आवश्यक रहेको जानकारी दिदै भने–‘कुनैपनि रोगको उपचार गर्नुभन्दा अघि शरिरको शुद्धिकरण आवश्यक पर्दछ ।
पञ्चकर्म लगायत प्रालिबाट दिइने सेवाहरु सस्तो र आम नागरिकका लागि उपयोगी रहेको सचिव केशब न्यौपानेले बताए । प्रालिमा चिकित्सासेवा सहित ल्याव सेवा समेत छ । प्रालिमा फिस्टुला र पायल्सको शल्यक्रिया सुविधा समेत रहेको छ । सेन्टरमा प्राकृतिक रुपबाट निदान गर्न सक्ने स्वदेशी श्रोत र साधनको उपयोग गरेर उपचार सेवा दिइने संचालक आचार्यले बताए ।
आर्युवेद उपचार पद्धतिले दैनिकरुपमा विदेश गईरहेको पुँजी समेत स्वदेशमै रोक्न सकिनेमा आफुहरु बिश्वस्त भएको आचार्यले बताए ।

Next Post

धारिलो हतियार प्रयोग गरी एकको हत्या

११ जेष्ठ २०७६, शनिबार १९:१७
सदरलाइनडटकम, दैलेख : दैलेखको भैरवी गाउँपालिका–६ कुटीमा धारिलो हतियार प्रयोग गरी एक युवकको हत्या भएको छ । महाबु गाउँपालिका–५ का २५ वर्षीय गोविन्दबहादुर सिंहको हत्या भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक प्रेमबहादुर क्षेत्रीले जानकारी दिए । सिंहको शनिवार राति ११ बजे हत्या भएको प्रहरीले जनाएको छ । हत्याबारे अहिलेसम्म […]