सदरलाइनडटकम,
सल्यान : कर्णाली प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक महेशविक्रम शाहले नागरिकले प्रहरी माथि विश्वास गर्ने वातारण बनाउनु पर्ने बताएका छन् । नागरिकले प्रहरीमाथि विश्वास गर्ने वातारण नबनेसम्म समाजमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण हुन नसक्ने उनको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानले शनिवार गरेको नागरिक सुनुवाई कार्यक्रममा बोल्दै प्रहरी नायव महानिरीक्षक शाहले समाजमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि नागरिक सचेत बन्न पर्नेमा जोड दिए । प्रदेशका नागरिक शान्ति सुरक्षाप्रति कटिवद्ध भएका कारण अन्य प्रदेशको तुलनामा यस प्रदेशका आपराधिक घटना नियन्त्रण हुँदै गएको बताए ।
स्कुले बालबालिका लागुपदार्थको शिकार हुने गरेको बताउँदै प्रहरी नायव महानिरीक्षक शाहले अभिभावक र शिक्षकले महत्वपूर्ण भूमिका निभाउनका लागि आग्रह गरे ।
