जनमत पार्टीद्वारा संगठन विस्तार तीब्र

सदरलाइन संवाददाता ४ कार्तिक २०७७, मंगलवार १६:०१
 

डुडुवा (बाँके) : जनमत पार्टी बाँकेले संगठन विस्तार कार्यलाई तीब्रता दिएको छ । संगठन विस्तारका क्रममा पार्टीले डुडुवा गाउँपालिका वडा नं. ६ दशरथपुर्वामा १७ सदस्यीय टोल समिति गठन गरेको छ ।

रामनिवास तेलीको अध्यक्षतामा गठन भएको समितिमा बलराम सिंह, राजू बर्मा, राम सिंह सरदार, विनोद कुम्हार, गीता रैदास, मनीराम कोरी, माधव भाँट, राजेश कुम्हार, मूलचन्द बर्मा, जलादेवी चमार, लक्ष्छीराम बर्मा, रितेश शाहु, विश्वराम धोबी, कंधैय्या सिंह, कुन्ज विहारी धोबी, कम्मल कोरी सदस्य रहेका छन ।

केन्द्रीय सदस्य इरफान शेष, जिल्ला अध्यक्ष रियाज अहमद शेष, वरिष्ठ नेतृत्व मन्डल सदस्य शैलेन्द्र कुमार कर्ण, डुडुवाका अध्यक्ष शेष अब्दुल वाहिद शेष, विद्यार्थी जनमत संघका नेता रियाज अंसारी, युवा नेता राजू अंसारी, जमाल खान, अय्युब शाह, रोज अलि शाह, डुडुवा गा.पा. सदस्य राहुल शेष, सम्शाद शेष, युवा जनमत संघका जिल्ला सदस्य फारूक हासमी लगायतका नेताहरूको उपस्थितिमा समिति गठन गरिएको केन्द्रीय सदस्य इरफानले जानकारी दिए ।


कार्यक्रममा नेता इरफानले मधेशको भविष्य मधेशी जनताको हातमा रहेको भन्दै मधेशी जनता अझै मधेशको सच्चा नेतृत्व छनौट गर्न सकेन भने आउने दिनमा मधेशीको अस्तित्वनै मेटिनसक्ने बताए ।

कार्यक्रममा जिल्ला अध्यक्ष रियाज अहमद शेषले, शैलेन्द्र कर्ण, डुडुवा गाउँपालिका अध्यक्ष अब्दुल वाहिद शेषलगायतले जनमत पार्टीनै मधेशको सच्चा पार्टी भएकोले मधेसी जनतालाई जनमतमा जुट्न अह्वान गरेका थिए ।

Next Post

प्रहरी जवान साउदको पनि शव भेटियो

४ कार्तिक २०७७, मंगलवार १६:०१
कैलाली : कैलाली जुगेडास्थित अस्थायी प्रहरी पोष्टमा कार्यरत जवान रामबहादुर साउदको पनि शव भेटिएको छ । प्रहरी सहायक निरीक्षक गोविन्द बिकको शव भेटिएकै क्षेत्रमा उनको शव भेटिएको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिंहले प्रहरी जवान साउदको शव मोहना नदीमा भेटिएको जानकारी दिए । उनले […]