‘चिकित्सकको असल व्यवहारले बिरामीको आधा रोग निको हुन्छ’

१२ बैशाख २०७५, बुधबार १३:००
 

सदरलाइन \डा. प्रकाश तिमिल्सेना


१२ बैशाख, नेपालगन्ज : मानिस समाजिक प्राणी हो । जोकोही मानिस अरुबाट सहिष्णु व्यवहार चाहान्छ । सहिष्णु व्यवहार नचाहाने को होला र ? पक्कै कोही हुँदैन । यस्तो सहिष्णु व्यवहार स्वास्थ्य क्षेत्रमा ‘अमृत’ सावित हुने गरेको छ । सहिष्णु व्यवहार सबैमा जरुरी छ, अझ स्वास्थ्य क्षेत्रमा धेरै—धेरै । सहिष्णु व्यवहारले बिरामीको आधा रोग निको हुन्छ । बिरामीले त्यो महसुस गर्छन्, मनैदेखि ।
समाजमा बस्ने मानिसहरुको व्यवहार सबैको एउटै हुँदैन भन्ने तपाई हामीले बुझेकै छौं । एउटाको व्यवहार एक प्रकारको र अर्को मान्छेको व्यवहार अर्कैको हुन्छ । उनीहरुको बुझ्ने र बुझाउने तरिका पनि फरक हुन्छ । चिकित्सकले बिरामीको ‘मनको कुरा’ गहिरिएर बुझेर उनीहरुको भित्रि समस्या पहिचान गर्ने र समाधान गर्ने उपायहरु बिरामीसंग खुलेरै गर्नुपर्छ ।
राम्रो चिकित्सकको व्यवहार बिरामी जाँच कक्षमा पस्ने बित्तिकै थाहा हुन्छ । जोकोही बिरामीले त्यसको महसुस पहिल्यै गर्छन । त्यसै पनि बिरामीहरु चिकित्सकसंग खुलेरै कुरा गर्न अफ्ठयरो मानिरहेका हुन्छन् त्यसमा झन् मनौं केही नराम्रो व्यवहार भइहाल्यो भने उनीहरुले भन्न खोजेको कुरा समेत भन्न सक्दैनन् अनि कसरी चिकित्सकले बिरामीको रोगको पहिचान गर्छन ? अत आफ्नो कक्षमा आएको बिरामीसंग चिकित्सकले अत्यन्त सरल व्यवहारमा ‘हेल्लो हाई’ गर्नुपर्छ । ‘नमस्ते, गुड मर्निङ्ग आदि इत्यादीको सम्बोधन गर्दा मात्रै बिरामीहरुमा उत्साह जाग्छ । उनीहरुको मनोवल बढ्छ । त्यसपछि उनीहरुले निकै खुलेर आफ्नो समस्याहरु भन्न सक्छन् । चिकित्सकले दाई, भाई, आमा, बुवा भनेर सम्बोधन गर्दा अझ राम्रो ।

बिरामीको उपचार एउटा पाटो हो त्यसका लागि चिकित्सा बिज्ञानका आफ्नै बिधि छन् । चिकित्सक बिरामी जस्तै बनेर बिरामीको भित्रि कुरा पत्ता लगाई उनीहरुको रोग पत्ता लगाउने कुरा अर्को कुरा हो । समयमै उपचार अनि सहजरुपमा बिरामीलाई ठिक गर्ने कुरा चिकित्सकको महत्वपुर्ण दायित्व हो जो सबै चिकित्सकले महसुस गर्छन नै ।

Next Post

सर्बोच्चका न्यायाधीसलाई स्वागत

१२ बैशाख २०७५, बुधबार १३:००
सदरलाइनडटकम १२ बैशाख, नेपालगन्ज : सर्बोच्च अदालतका न्यायाधीस पुरुषोत्तम भण्डारीलाई नेपालगन्जका कानुन व्यवसायीहरुले बुधवार स्वागत गरेका छन् ।    बाँके र बर्दियाका बिभिन्न तहका अदालतको आन्तरिक निरिक्षणमा आएका न्यायाधीस भण्डारीलाई जिल्ला अदालत बार एशोसियनका तर्फबाट बिहान स्वागत तथा सम्मान गरिएको हो । सो अवसरमा कानुन व्यवसायीहरुले अदालतभित्रका भौतिक पूर्वाधार अभावका […]