ट्राफिक प्रहरीद्वारा चालकहरुको स्वास्थ्य परीक्षण

१८ बैशाख २०७६, बुधबार १७:५८
 

सदरलाइनडटकम,
नेपालगञ्ज : ट्राफिक सप्ताहअन्तर्गत नेपालगञ्ज र राप्ती सोनारी गाउँपालिकाको ढकेरीमा विभिन्न कार्यक्रम गरि मनाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका निमित्त प्रमुख प्रहरी नायब निरीक्षक ओम पौडेलको नेतृत्वमा गएको टोलीले बुधवार ढकेरी सवारी चालकहरुको स्वास्थ्य परीक्षण गरेको छ ।
त्यस्तै सोहि ठाँउमा सवारी साधनहरुमा दुर्घटनाबाट जोगिनलाई ट्राफिक नियमसम्बन्धी जनचेतनामुलक पोस्टरसमेत टाँसिएको हो । निमित्त प्रमुख पौडेलका अनुसार ट्राफिक सप्ताहको पाचौं दिनमा १०७ जना चालकहरुको स्वास्थ्य परीक्षण गरिएको छ ।
यसैगरि नेपालगञ्जमा सवारी चालकहरुलाई गाडी चलाउँदा हुने तनाव ब्यवस्थापन गर्ने उद्देश्यले घुम्ती प्रशिक्षण दिएको नेपालगञ्ज ट्राफिक युनिटका प्रमुख प्रहरी नायब निरीक्षक भिमराज ओलीले बताए ।
बुधवार भएको मजदुर दिवसका अवसरमा भएको र्यालीमा सहभागी सबैलाई ट्राफिकसम्बन्धी चेतनामुलक पोस्टर समेत वितरण गरेको नायब निरीक्षक ओलीले बताए । ‘सवारी दुर्घटना न्यूनीकरणका लागि ठाउँको ठाउँ सुधार’ भन्ने नारासहित शनिवारदेखि ट्राफिक सप्ताह शुरु भएसँगै बाँके ट्राफिकले जिल्लामा विभिन्न कार्य गर्दै आएको छ ।

Next Post

नेपालगञ्जमा पश्चिम क्षेत्रीय महिला सम्मेलन

१८ बैशाख २०७६, बुधबार १७:५८
सदरलाइनडटकम,  नेपालगञ्ज : ‘महिला श्रमको सम्मान गरौं, सामाजिक न्याय सहितको विकासमा अघि बढौं’ भन्ने मुल नाराका साथ पश्चिम क्षेत्रीय महिला सम्मेलन सुरु भएको छ । १३० औ अनतराष्ट्रिय श्रमिक दिवसको अबसरमा बुधबार नेपालगन्जमा नेपालगन्ज उपमहानगरपालिका, महिला अधिकार मन्च एक्सनएड नेपाल पश्चिमाञ्चल स्रोत केन्द्र र हातेमालो संचार समूहको संयुक्त आयोजनमा सुरु […]

सम्बन्धित