देशभर ३७ सय बढी संक्रमित थपिए

सदरलाइन संवाददाता ३ कार्तिक २०७७, सोमबार १७:४०
 

नेपालगञ्ज : पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ७ सय ९० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएअनुसार सोमवार देशभर २ हजार ३ सय ३५ जना संक्रमित कोरोनामुक्त भएका छन् ।

नेपालमा हाल ४० हजार ७ सय ७८ जना सक्रिय संक्रमित छन् । जसमध्ये १३ हजार ८ सय ५१ जना संस्थागत आइसोलेशनमा छन् भने बाँकी २६ हजार ९ सय २७ जना होम आइसोलेशनमा बसेका छन् । त्यस्तै क्वारेन्टाइनमा रहनेहरूको संख्या ४ हजार ४ सय ७० छ ।

पछिल्लो २४ घण्टामा १५ हजार ७ सय १४ जनाको पिसिआर परीक्षण गरिएको प्रवक्ता गौतमले बताए । हालसम्म कुल संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ ।

Next Post

हत्या गरिएका असई बिकको शव परिवारले बुझे

३ कार्तिक २०७७, सोमबार १७:४०
कैलाली : धनगढीमा हत्या गरेको अवस्थामा भेटिएका प्रहरी सहायक निरीक्षक गोबिन्द बिकका परिवारले शव बुझेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले मृतकका परिवारले शव बुझेको जनाएको छ । उनको सोमवारनै अन्त्येष्टि गरिएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १२ को अस्थायी प्रहरी पोष्टका इञ्चार्ज विकको धारिलो हतियार प्रहार गरी नदीमा […]