नेपालगञ्ज उपमहानगरको सार्वजनिक सुनुवाई सम्पन्न

सदरलाइन संवाददाता २८ असार २०७९, मंगलवार १६:११
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले पालिकाले प्रवाह गर्ने सेवा सुविधाबारे सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेर जानकारी प्रदान गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको आयोजना र बास नेपालको सहकार्यमा मंगलवार भएको सार्वजनिक सुनुवाईमा नगर प्रमुख प्रशान्त विष्टले उपमहानगरपालिकाले प्रवाह गरेको सेवा सुविधा र भावी योजनाहरुबारे जानकारी गराएका थिए । उनले नेपालगञ्ज उपमहानगरपालिकाको समग्र विकासका लागि अवको योजना केन्द्रित भएको बताए ।

नेपालगञ्जको नाला, ढल, सडक, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा सुधार गर्नेगरी योजना बनाइएको बताए ।


नगर उपप्रमुख कमरुद्दिन राईले नेपालगञ्ज उपमहानगरपालिकालाई विकसित शहरका रुपमा स्थापित गरिने बताए । उनले आर्थिक अवस्था कमजोर भएका नगरबासीका लागि सीपमुलक तथा आयआर्जन मुलक कार्यक्रम ल्याइने बताए ।

कार्यक्रममा नगरबासीले नेपालगञ्ज उपमहानगरपालिकाले प्रवाह गर्ने सेवाहरुलाई पारदर्शी र जवाफदेहि बनाउन आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेको बाल सुधार गृहमा बृक्षारोपण

२८ असार २०७९, मंगलवार १६:११
डुडुवा (बाँके) : द आर्ट अफ लिभिङ नेपालगञ्जले बाँकेको बाल सुधार गृहमा वृक्षारोपण गरेको छ । डुडुवा गाउँपालिका–६ आसमानपुरमा रहेको सुधार गृहमा आयोजना गरिएको नव चेतना शिविरको समापनको अवसरमा मंगलवार वृक्षारोपण गरिएको हो । जिल्ला न्यायाधीश षडानन्द तिवारी, बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुधन न्यौपाने, […]