भेरी अञ्चल अस्पतालको सरसफाईमा आफै खटिए मेसु थापा

२६ श्रावण २०७५, शनिबार १४:४२
 

सदरलाइनडटकम


नेपालगन्जः  भेरी अञ्चल अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापा हरेक शनिवार आफै सरसफाईमा खटिन्छन् । मेडिकल सुपरिटेन्डेन्टमा निुक्त भएदेखि उनले अस्पताल परिसरको सरसफाईलाई पहिलो प्राथमिकतामा राखेर हरेक शनिवार सरसफाई गर्ने अभियान सञ्चालन गरे ।
शनिवार विहानको समय सरसफाई गर्ने सूचीनै बनाएका डा. थापा आफै सरसफाईमा खटिएपछि उनलाई साथ दिनेको संख्या बढ्दै गएको छ । अस्पतालमा कार्यरत कर्मचारी, चिकित्सक, स्वास्थ्यकर्मीका साथै सर्वसाधारण अभियानमा सहभागी हुन थालेको उनले बताए । ‘कर्मचारी, चिकित्सक र स्वास्थ्यकर्मी त सरसफाईमा सहभागी हुनेनै भए विरामीका आफन्त र सर्वसाधारणले समेत अभियानमा सघाउन थालेका छन्,’ मेसु डा. थापाले भने ।
उनले पहिलो प्राथमिकता अस्पतालको अगाडी भागलाई दिए पनि विस्तारै सवैतिर सफाई गरिने बताए । सर्वसाधारणलाई सुर्ती तथा सुर्तीजन्य बस्तु सेवन गरेर नथुक्न र फोहर नफाल्न आग्रहसहितको सूचना जारी गरिएको बताउँदै उनले सरसफाई अभियानलाई निरन्तरता दिने बताए ।
‘अस्पताल परिसरमा जथाभावी फोहर फाल्न हुँदैन भन्ने सचेतना जगाउने अभियान पनि थाल्ने योजना छ,’ डा. थापाले भने, ‘उपचारका लागि आएका विरामी र उनीहरुका आफन्तले जथाभावी फोहर फाल्दा अस्पताल परिसर दुर्गन्धित हुने गरेको छ ।’

Next Post

इबोलाका कारण कंगोमा १० जनाको मृत्यु

२६ श्रावण २०७५, शनिबार १४:४२
काठमाडौंः पूर्वी कंगोमा इबोलाका कारण थप १० जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूले अन्य २७ जनापनि इबोलाकै कारण ज्यान गुमाएको आशंका गरेका छन् । दक्षिण किभु प्रान्तमा अगस्ट १ तारिखमा इबोलाका ४४ बिरामी भेटिएको र अन्य स्थानमा समेत शंकास्पद बिरामी फेला परेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गोमा […]