बाँकेमा ‘एक दिन एक अभियान’ सञ्चालनको तयारी

सदरलाइन संवाददाता २६ आश्विन २०७७, सोमबार १६:२९
 

नेपालगञ्ज : जिल्ला ट्राफिक प्रहरी कार्यालयले बाँकेमा एक दिन एक अभियान सञ्चालन गर्ने भएको छ । पत्रकारहरुसंग सोमवार गरिएको परिचयात्मक कार्यक्रममा बाँकेका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक राजु भण्डारीले परिणाममुखी गतिविधि सञ्चालन गर्ने उद्देश्यले एक दिन एक अभियान सञ्चालन गर्न लागेको बताए ।

उनले सुरक्षित सडक र व्यवस्थित सहर बनाउने कार्यमा ट्राफिक प्रहरी केन्द्रित हुने जानकारी दिए । सडक दुर्घटना न्यूनीकरणदेखि व्यवस्थित पार्किङ आफ्नो प्राथमिकतामा रहेको भन्दै भण्डारीले बाहिरी जिल्लाका लागि जाने सार्वजनिक सवारी साधनलाई अब बसपार्कबाट मात्र छुट्न दिइने बताए ।


उनले पुष्पलाल चोकबाट प्रवेश गरी बाईपास हुँदै कारकाँदो चोकबाट मात्र निस्कन दिइने जिकिर गरे । नेपालगञ्जमा ई–रिक्सा व्यवस्थापन टाउको दुःखाईको विषय बनेको बताउँदै ट्राफिक प्रहरी प्रमुख भण्डारीले त्यसको व्यवस्थापनका लागि सबै पक्षसंग सल्लाह र समन्वय गरी अघि बढ्ने प्रतिबद्धता जनाए ।

Next Post

जमुनाहमा बाँके प्रहरीले ल्यायो नागरिक सहायता केन्द्र सञ्चालनमा

२६ आश्विन २०७७, सोमबार १६:२९
नेपालगञ्ज : बाँके प्रहरीले चाडपर्वको समयमा सीमा क्षेत्रमा हुन सक्ने सम्भावित अपराधका घटना, लुटपाट तथा दुर्घटनाबाट सर्वसाधारणलाई सुरक्षा प्रदान गर्नका लागि पर्व विशेष सुरक्षा योजना ल्याएको छ । सो योजना अन्तरगत सोमबार सीमा क्षेत्रको जमुनाहमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको सहकार्यमा नागरिक सहायता केन्द्र सञ्चालनमा ल्याएको हो । सो नागरिक […]