सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणको नतिजासँगै यो संख्या पुगेको हो ।
स्वास्थ्य तथा जसंख्या मन्त्रालयले मंगलवार जारी गरेको सूचनाअनुसार पछिल्लो २४ घण्टामा जम्मा ५ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । यसैबीच नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।
दैलेखका एक ४५ वर्षीय पुरुषको मृत्यु भएसँगै मृतकको संख्या २४ पुगेको हो । मन्त्रालयका अनुसार दैलेखको दुल्लु ३ का ४५ वर्षका पुरुषको प्रादेशिक अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको हो ।
