गणपति डेन्टलद्वारा मास्क तथा जलपान सहयोग

; १३ भाद्र २०७७, शनिबार १८:३०
 

नेपालगञ्ज : नेपालगञ्जस्थित गणपति डेन्टल क्लिनिकले कोरोना संक्रमण रोकथामका लागि स्वास्थ्य तथा जलपान सामग्री वितरण गरेको छ ।

अनलाइन खोजखवर मिडिया पार्टनर रहेको अभियानअन्तर्गत क्लिनिकले शनिवार आफ्नै कार्यालय अगाडी सडकमा हिँड्ने सर्वसाधरणलाई मास्क, चाउचाउ तथा पानी वितरण गरेको क्लिनिकका सञ्चालकसमेत रहेका डा. प्रतिक श्रेष्ठले जानकारी दिए ।


उनका अनुसार करीव चार सयजनालाई मास्क वितरण गरिएको छ । यस्तै सुरक्षाकर्मीलाई पनि मास्क तथा जलपान सामग्री वितरण गरिएको छ । कोरोन भाइरस महामारीकाबीच फ्रन्टलाइनमा रहेर जनताको सेवामा अहोरात्र खटिएका सुरक्षाकर्मीलाई थोरै भएपनि राहत पुगोस् भन्ने उद्देश्यले स्वास्थ्य तथा जलपान सामग्री वितरण गरिएको उनले बताए ।

यसअघि क्लिनिकले जमुनाहा नाकादेखि धम्वोजीसम्म सडकमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई एन ९५ मास्क, सेनिटाइजर, सर्जिकल ग्लव्स, ग्लूकोन डी, विष्कुट र पानी वितरण गरेको थियो । यो अभियानमा जावेद खाँन र वसिम अन्सारीले सहयोग गरिरहेका छन् ।

Next Post

नेपालगञ्ज भन्सारले साउनमै उठायो १७७ प्रतिशत बढि राजस्व

१३ भाद्र २०७७, शनिबार १८:३०
रुद्र सुवेदी / नेपालगञ्ज : कोभिड–१९को कहरबाट जोगिन आव्हान गरिएको लकडाउनले गर्दा गत आर्थिक वर्षमा लक्ष्यमा पुग्न नसकेको नेपालगञ्ज भन्सार कार्यालयको राजस्व असुली भने चालू आर्थिक वर्षको साउन महिनामा भने उत्साहजनक असुली भएको छ । नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले चालु आर्थिक वर्षको साउन महिनामै लक्ष भन्दा […]