बाँकेको स्थानीय तहको टोलटोलमा खोप अभियान

सदरलाइन संवाददाता १८ माघ २०७८, मंगलवार १४:१४
 

नेपालगञ्ज : बाँकेमा खोपको पहुँच नपुगेका ठाउँमा खोप अभियानलाई तीब्रता दिइएको छ । स्वास्थ्य कार्यालय बाँकेले खोप लगाउन छुटेका स्थानीय तहका टोल–टोलमा पुगेर खोप अभियान चलाइरहेको हो ।

बाँकेको नरैनापुर, बैजनाथ, राप्तीसोनारीमा विशेष गरेर अभियान सञ्चालन गरिरहेको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले बताए । जिल्लामा ८३ प्रतिशतले खोप लगाएका छन् । नलगाएकाहरूलाई टोलमै पुगेर खोप लगाउने गरिएको हो ।


यसरी खोप अभियानलाई सफल बनाउन स्थानीय वडाका स्वयंसेविका परिचालन गरिएको छ । स्वयंसेविकाको सहयोगमा खोप नलगाएकालाई सम्झाउने बुझाउने तथा खोपबाट छुटेकाको पहिचान गर्ने काम गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

माघ मसान्तसम्म बाँकेका विद्यालय सञ्चालन गर्न रोक

१८ माघ २०७८, मंगलवार १४:१४
नेपालगञ्ज : जिल्ला प्रशासन कार्यालय बाँकेले कोरोना महामारी संक्रमण फैलिने क्रम यथावत रहेकोले माघ मसान्तसम्म विद्यालय सञ्चालन तथा भिडभाड गर्न रोक लगाएको छ । गृह मन्त्रालयको परिपत्र तथा कोभिड–१९ व्यवस्थापन केन्द्रको निर्णय अनुसार जिल्लामा कोरोना जोखिम कायम भएको हुँदा भिडभाडजन्य कार्य नगर्न आग्रह गरिएको छ । प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर […]