घुस रकमसहित प्रहरी हवल्दार दवाल पक्राउ

सदरलाइन संवाददाता २४ आश्विन २०७७, शनिबार ०९:०४
 

नेपालगञ्ज : नेपालगञ्ज : घुस रकमसहित बाँकेमा एक प्रहरी हवल्दार पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय खजुरा खुर्द बाँकेमा कार्यरत प्रहरी हवल्दार राजेशबहादुर दवाल १३ हजार घुस रकमसहित पक्राउ परेका हुन् ।

आँप जातको काठ चिरान मिल र ईंट्टा भठ्ठामा लैजानका लागि सहजीकरण गरिदिने भनि १३ हजार घुस रकम लिएको आरोपमा उनलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जबाट गएको टोलीले हवल्दार दवाललाई सेवाग्राहीसँग घुस रकम लिईसकेको अवस्थामा जानकी गाउँपालिका वडा नं. ३ मानपुरस्थित लक्ष्मी कोल्ड स्टोर्सबाट शुक्रवार बेलुका नियन्त्रणमा लिएको हो । उनीमाथि थप अनुसन्धान भईरहेको शाखा अधिकृत श्रीधर टण्डनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Next Post

अर्मेनिया र अजरबैजानबीच अस्थायी शान्तिसम्झौता

२४ आश्विन २०७७, शनिबार ०९:०४
काठमाण्डौ : अर्मेनिया र अजरबैजानबिच विवादास्पद सीमा क्षेत्रलाई लिएर भएको हिंसा अन्त्यका लागि अस्थायी शान्ति सम्झौतामा सहमति भएको छ । गएको सेप्टेम्बर अन्तिममा विश्वमै सीमा क्षेत्रलाई लिएर भएको पुरोना मध्ये एक युद्ध पुनः बिउँतिएको थियो। वर्षौँपछि अर्मेनिया र जरबैजानबिच विवादास्पद क्षेत्रलाई लिएर भएको भिडन्त अन्त्यका लागि अस्थायी शान्ति सम्झौतामा सहमति […]

सम्बन्धित