सदरलाइनडटकम,
नेपालगञ्ज : पछिल्लो २४ घण्टामा देशभर ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर २७ वटा प्रयोगशालामा तिन हजार ३ सय ३१ को पिसिआर परीक्षणमा उनीहरूमा कोरोना पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ५ सय २ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै बाँकेको खजुरामा थप पाँच जना कोरोना संक्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगञ्जका अनुसार शनिवार खजुराका पाँच जनासहित २० जना कोरोना संक्रमित भेटिएको पुष्टि गरेको छ ।
अस्पतालका अनुसार बाँकेको खजुरा गाउँपालिका वडा नं. ३ का २६, २८, ३५, ३९ र ४५ वर्षीय व्यक्तिहरूमा संक्रमण देखिएको छ । संक्रमण देखिएको ३५ वर्षीया महिला पनि छन् । त्यस्तै बर्दियाको ठाकुरबाबाका १० जना र दाङको गढवाका ५ जनामा समेत संक्रमण पुष्टि भएको छ ।
