नरैनापुरको क्वारेन्टाईनमा आयुर्वेदद्वारा शक्तिबद्र्धक औषधि बितरण

२८ जेष्ठ २०७७, बुधबार २२:३९
 

सदरलाइनडटकम,
नरैनापुर (बाँके)  : बाँकेको नरैनापुर गाउपालिकामा रहेका क्वारेन्टाईनमा बसेका व्यक्तिहरुलाई शक्तिबद्र्धक औषधि बितरण गरिएको छ ।

प्रदेश ५ मा सो निर्वाचन क्षेत्रबाट निर्बाचित कृष्णा केसी नमुनाको प्रमुख आथित्यमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाँकेले नरैनापुर गाउँपालिका क्वारेन्टाइनमा बसेकालाई शक्तिबद्र्धक औषधि बितरण गरिएको हो ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाँकेका प्रमुख डा अनिलकुमार चौधरी , वसन्त पौडेल लगायतका टिमले नरैनापुर गाउँपालिका रहेका ४ वटा क्वारेन्टाइनमा रहेका करिब सय जना ब्यक्तिहरुलाई शक्तिबद्र्धक औषधि बितरण गरेको थियो ।


सो अवसरमा गाउपालिकाका अध्यक्ष मोहम्मद ईस्तियाक अहमद शाहलगायतको उपस्थिति रहेको थियो । यसैबीच बुधबार नै नरैनापुर गाउँपलिकाको लक्ष्मणपुर स्वास्थ्य चौकिमा हाजिर हुन पुगेका डा .सागर पन्थीलाई स्वागत समेत गरिएको थियो ।

उनलाई सांसद नमुना र गाउपालिकाका अध्यक्ष शाहले फुलमाला लगाएर स्वागत गरेका थिए । लामो समयदेखि सो स्वास्थ्य चौकीमा डा.हाजिर भएका थिएनन ।

Next Post

नेपालगञ्जका चोक सौन्दर्यकरणमा सर्वदलीय सहमति

२८ जेष्ठ २०७७, बुधबार २२:३९
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जको चोक सौन्दर्यकरणको लागि यहाँका राजनीतिक दलको सहमति जुटेको छ । खासगरी नगरको केन्द्रविन्दुको रुपमा रहेको त्रिभुवन चोक सौन्दर्यकरणका लागि बाँकेमा क्रियाशिल राजनीतिक दलले सहमति जनाएका हुन् । नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा बिहिवार सम्पन्न सर्वदलीय तथा सर्वपक्षीय बैठकले चोकको सौन्दर्यकरण गरि नेपालको राष्ट्रिय झण्डा र नक्सा राखी संरक्षण […]