नेपालगञ्जमा अत्याधुनिक नगर भवन बन्दै

सदरलाइन संवाददाता २५ फाल्गुन २०७८, बुधबार १५:००
 

नेपालगञ्ज : नेपालगञ्जको पहिचानको रुपमा रहेको नगर भवन अत्याधुनिक पहिचान सहित निर्माण हुने भएको छ । टाङ्गा स्टेशननजिक रहेको पुरानो नगर भवन जीर्ण भएपछि त्यसलाई भत्काएर नयाँ स्वरुपमा निर्माण गर्न लागिएको हो ।

अण्डरग्राउण्ड पार्किङ्ग सुविधा भएको ब्यावसायिक कम्पलेक्स सहितको वहुउद्देश्यीय सभाहलको बुधबार नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणाले शिलान्यास गरे ।

नगर भवनको शिलान्यास गर्दै मेयर राणाले यो भवन निर्माण सम्पन्न भएपछि नेपालगञ्जको विकासमा कोशेढुंगा सावित हुने बताए । उनले समयभित्रै निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिए ।

उपमहानगरपालिकाले १३ करोडको लागत स्टिमेटमा वेसमेन्ट सहितको ब्यावसायिक कम्पलेक्ससँगै सभाहल निर्माण गर्ने योजना बनाएको भएपनि पहिलो चरणमा चार करोडको लागतमा वेसमेन्ट र ग्राउण्ड फ्लोर निर्माण हुने छ । चालु आर्थिक वर्षभित्रै निर्माण सम्पन्न गर्ने गरि आत्रय निर्माण सेवाले निर्माणको जिम्मा पाएको ईञ्जिनियर निवेशकुमार शर्माले जानकारी दिए ।


योजनाअनुसार वेसमेन्टबाहेक तीन तल्ले भवन बन्नेछ । तेश्रो तल्लामा ५०० क्षमताको वहुउद्देश्यीय सभाहल दोश्रो चरणमा निर्माण हुने छ । अहिले पहिलो चरणमा वेसमेन्ट पार्किङ र ब्यावसायिक सटर निर्माण हुनेछ ।

पार्किङकमा १४ चारपांग्रे सवारी साधन र करिब २५ वटा मोटरसाईकल पार्किङ गर्न सकिनेछ । यसैगरी १९ वटा सटर निर्माण गरिने छ ।

कार्यक्रममा वडा नम्बर ८ का वडाध्यक्ष सुरेन्द्र गुप्ता, वडानम्बर ५ का वडाध्यक्ष कैफुल वरा जोलाह, वडा नम्बर २ का वडाध्यक्ष सुनिल सिंह हमाल, वडा नम्बर ११ का वडाध्यक्ष उज्ववलसिंह राठौंर, वडा नम्बर १४ का वडाध्यक्ष ओमकारनाथ मिश्रा, लेखा प्रमुख लोकेन्द्र रावत, प्राविधिक शाखा प्रमुख ईञ्जिनियर भुपेन्द्र बोहरा, प्रशासन शाखाका अधिकृत सन्तोषी विष्ट, नगर प्रहरी निरीक्षक सुर्य बोगटी लगायतको उपस्थिती थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खजुरा अस्पतालले स्थानीयलाई ओपिडी सेवा निःशुल्क दिने

२५ फाल्गुन २०७८, बुधबार १५:००
नेपालगञ्ज : बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले खजुरा गाउँपालिकाका स्थायीबासीलाई ओपिडी सेवा निःशुल्क दिने भएको छ । नवनियुक्त अस्पताल विकास समितिले खजुरा गाउँपालिकाबासी विरामीलाई ओपिडी सेवा निःशुल्क दिने निर्णय गरेको अस्पताल विकास समितिका अध्यक्ष किशोर थापाले जानकारी दिए । अस्पताल स्थापनाका लागि खजुराबासीले आर्थिकरुपमा ठूलो सहयोग गरेको स्मरण […]