भेरीको परीक्षणमा ३२ संक्रमित थपिए

सदरलाइन संवाददाता २२ आश्विन २०७७, बिहीबार ०८:४८
 

नेपालगञ्ज : बाँकेका २३ सहित ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेका २३ र अन्य जिल्लाका ९ गरी ३२ जनामा संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालले बुधवार बेलुका सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा २ सय १ जनाको कोरोना परीक्षण गरिएकोमा ३२ जनामा संक्रमण देखिएको हो ।


भेरी अस्पतालका अनुसार हालसम्म ४२ हजार १ सय ७८ जनाको परीक्षण गरिएकोमा २ हजार ७ सय ६९ जनामा संक्रमण देखिएको छ ।

Next Post

सशस्त्र प्रहरीद्वारा अवैध सामग्री बरामद

२२ आश्विन २०७७, बिहीबार ०८:४८
नेपालगञ्ज : भारतबाट अवैधरुपमा नेपालगञ्ज भित्र्याउँदै गरेको विभिन्न सामग्री सशस्त्र प्रहरीले बरामद गरेको छ । बिओपी नेपालगञ्जबाट सशस्त्र प्रहरी नायव निरीक्षक कमलविक्रम रेउलेको नेतृत्वमा गएको टोलीले नेपालगञ्ज वडा नं. १५ टंगपसरी गाउँबाट ९० हजार ४ सय बढीको बिभिन्न सामग्री बरामद गरेको हो । भारतबाट नेपालतर्फ अवैधरुपले भित्र्याइएको मोटरसाइकलका पार्टस, जुत्ता, […]