लाइफलाइन हस्पिटलद्वारा मिर्गौलाका बिरामीलाई तालिम

सदरलाइन संवाददाता १ कार्तिक २०८०, बुधबार १३:५०
 

नेपालगञ्ज : नेपालगञ्जस्थित लाइफलाइन जनरल हस्पिटलले मिर्गौला पीडित बिरामी र नर्सहरुलाई लक्षित गरेर निःशुल्क परामर्श तालिम दिने भएको छ । अस्पताल प्रमुख डा.पारश श्रेष्ठका अनुसार खासगरी डायलाइसिस गराइरहेका बिरामीलाई हस्पिटलले आफै बोलाएर उनीहरुलाई निःशुल्क परामर्श तालिम दिन लागेको हो ।

मिर्गौलाका बिरामीले के कस्ता कुरामा ध्यान दिनेदेखि खानपिन, निमोनिया र फ्लू भ्याक्सिनका बारेमा विशेषज्ञ चिकित्सकबाट जानकारी गराइने उनको भनाइ छ । लामो समय भेरी अस्पतालमा मिर्गौला विभाग प्रमुख भएर सेवा दिएका फिजिसियन डा. श्रेष्ठले यहीँ आउने शनिबार हस्पिटलमा आयोजना गरिएको कार्यक्रममा मिर्गौलाका बिरामीले अपनाउनु पर्ने सावधानी र डाइबिटिज सम्बन्धि दुइवटा प्रस्तुतिकरण रहने जानकारी दिए ।

ञएक हिसावले यो बिरामीको लागि पढाइ नै हो भन्दा पनि हुन्छ मिर्गौलाका बिरामीले लामो आयुको लागि उनिहरु आफैले अपनाउनु पर्ने सजगता, सावधानी, खानपिनका बारेमा पढाइने छ ।

व्यक्तिगतरुपमा चिकित्सकले बिरामीलाई काउन्सिलिङ त गरेकै हुन्छन् तर यसरी सामुहिकरुपमा गर्दा बिरामीको आत्मवल समेत बढ्छ । बिरामीसंगै नर्सलाई समेत तालिम दिन थालिएको छ। उनिहरुलाई बिषयगटसंगै बिरामीमैत्री व्यबहारका बारेमा समेत ज्ञान प्रबाह गरिनेछ ।


पहिचान भएका बिरामीलाई हस्पिटल आफैले बोलाएर यस्तो उपयोगी परामर्श तालिम दिन थालेको सम्भवत नेपालमै पहिलो हुन सक्ने डा.श्रेष्ठको भनाइ छ । नेपालगन्ज र कोहलपुर क्षेत्रका मिर्गौलाको डायलाइसिस गराइरहेका करीब २५÷३० जना बिरामी तालिममा सहभागी हुनेछन् ।

पछिल्लो समय मिर्गौलाका बिरामी अस्वाभाविक रुपमा बढ्दै गएका छन् । बालबालिकादेखि युवा पुस्तासमेत मिर्गौला समस्यासंग जुधिरहेका छन् । अस्वस्थ खानपिन र बदलिँदो जीवनशैलीका कारण मिर्गौला समस्या भयावह बन्दै गएको छ ।

लाइफलाइन हस्पिटलले त्यस्ता समस्यासंग जुधिरहेका बिरामीलाई सस्तो, सुलभ र भरपर्दो सेवा दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा उत्पादन भएको हस्तकला सामग्री विदेश निर्यात

१ कार्तिक २०८०, बुधबार १३:५०
नेपालगञ्ज : बाँकेका थारु महिलाले उत्पादन गरेका हस्तकलाका सामग्री विदेश निर्यात हुन थालेका छन् । नेपालगञ्जमा संङ्ठित रुपमा थारु महिलाहरुद्वारा उत्पादित हस्तकलाका सामग्री डेनमार्क, अमेरिका, जापान, थाइल्यान्ड लगायतका मुलुकमा निर्यात हुन थालेको नेपालगन्जस्थित पञ्चशील हस्तकला केन्द्रका अध्यक्ष निरु चौधरीले जानकारी दिइन् । उनले भनिन्, ‘‘हामीले यहाँ उत्पादन गरेर सामग्री काठमाडौं […]

सम्बन्धित