स्वास्थ्य सुरक्षा मापदण्ड पूरा नगर्नेमाथि कारबाही

३० श्रावण २०७७, शुक्रबार १८:२४
 

सदरलाइनडटकम,
नेपालगञ्ज : स्वास्थ्य सुरक्षा मापदण्ड पूरा नगर्ने नेपालगञ्जका ७७ वटा पसल तथा व्यवसायी कारवाहीमा परेका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेले दुईवटा टोली बनाएर अनुगमनमा खटाएको छ ।
सामाजिक दुरी पालना नगर्ने, मास्कको प्रयोग नगरी कारोवार गर्ने व्यवसायीलाई कारवाही गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए । उनका अनुसार शुक्रवार ७७ वटा पसल तथा व्यवसायीलाई जनही सय रुपैयाँका दरले जरिबाना गरिएको छ ।
बाँकेमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले स्वास्थ्य सुरक्षा मापदण्ड कडाइका साथ कार्यान्वयन गर्दै गएको छ । प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले नेपालगञ्जमा संक्रमितको संख्या बढ्दै गएकाले उच्च सावधानी अपनाउनुको साटो लापरवाही गर्ने क्रम बढ्दै जाँदा कडाइ गरिएको बताए ।
साउन १७ गतेदेखि बाँकेमा लागु गरिएको निषेधाज्ञा शनिवारदेखि हटाइने भएपनि स्वास्थ्य सुरक्षाका मापदण्डलाई भने थप कडाइ गरेर लैजाने उनले बताए ।

Next Post

नदीको तटबन्ध भत्किँदा ३ हजार परिवार जोखिममा

३० श्रावण २०७७, शुक्रबार १८:२४
सदरलाइनडटकम, बर्दिया : बर्दियाको राजापुर बजार नजिकै रहेको कर्णाली नदीको तटबन्ध भत्किएको छ । बजारदेखि करीब एक किलोमिटर पश्चिम रहेको नदीको तटबन्ध भत्किँदा तीन हजार घरपरिवार जोखिममा परेका छन् । पानी जुनसुकै बेला बस्तीमा पस्नसक्ने भएकाले राजापुर नगरपालिका वडा नं. ३, ४ र ७ का बासिन्दालाई उच्च सावधानी अपनाउन बर्दिया […]

सम्बन्धित