बाँकेको परीक्षणमा बीस संक्रमित थपिए

सदरलाइन संवाददाता ११ आश्विन २०७७, आईतवार १६:४५
 

नेपालगञ्ज : बाँकेका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जको परीक्षणमा १० र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको परीक्षणमा १० जनामा कोरोना पुष्टि भएको हो ।

भेरीको प्रयोगशालामा गरिएको ३० जनाको परीक्षणमा बाँकेका ८ र बर्दियाका २ जनामा संक्रमण देखिएको छ ।


यस्तै मेडिकल कलेजको परीक्षणमा बाँकेका ७, अर्घाखाँची, सल्यान र दाङका एकएक जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

Next Post

पछिल्लो २४ घण्टामा कोरोनाबाट १० जनाको मृत्यु

११ आश्विन २०७७, आईतवार १६:४५
नेपालगञ्ज : नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा ९ पुरुष र १ महिला छन् । बाराका २० वर्षीय पुरुष, ललितपुरका ४२ र ७७ वर्षीय पुरुष, काठमाण्डौका ५० वर्षीया महिला तथा ६१ र ६२ वर्षीय पुरुष, रुपन्देहीका ७२ […]