डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिका वडा नं. ५ स्थित शहिद स्मारक माध्यमिक बिद्यालय कम्दीमा पहिलो पटक बिज्ञान प्रयोगशाला निर्माण गरिएको छ । बिद्यालयको शैक्षिक गुणस्तर बढाउन गाउँपालिकाको अनुदान रकमबाट बिज्ञान प्रयोगशाला निर्माण गरिएको हो ।
पाँच लाख बराबरको प्रयोगशाला सामग्री र आठ वटा टेबुल, ३१ वटा कुर्सीको एक लाख पचास हजारसहित ६ लाख ५० हजार बराबरको प्रयोगशाला निर्माण भएको प्रधानाध्यापक रामबहादुर ओलीले जानकारी दिए ।
कोरोनाका कारण बिद्यालय बन्द रहेकोले बिद्यालय खुल्ने समयदेखिनै प्रयोगशाला प्रयोगमा ल्याइने उनले बताए । शहिद स्मारक माबि डुडुवा गाउँपालिकाको पुरानो बिद्यालयमध्ये एक हो ।