छोरीको हत्या आरोपमा बुवा पक्राउ

सदरलाइन संवाददाता ३ असार २०७८, बिहीबार ११:२१
 

धनगढी : कैलालीमा छोरीलाई बलात्कारपछि हत्या गरेको आरोपमा बुवा पक्राउ परेका छन् ।

१० वर्षीया छोरीमाथि बलात्कार गरेर हत्या गरेको आरोपमा जिल्लाको लम्कीचुहा नगरपालिका–८ का ५१ वर्षीय पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

प्रहरीका अनुसार जेठ २७ गते भैँसी गोठमा झुण्डिएको अवस्थामा बालिकाको शव फेला परेको थियो । परिवारका सदस्यले दाह संस्कारको तयारी गरिरहेको बेला इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको टोलीले २७ गते नै शव नियन्त्रणमा लिएको थियो ।


सेती प्रादेशिक अस्पतालमा मृतक बालिकाको स्वास्थ्य परीक्षण गर्दा बलात्कारपछि हत्या गरिएको पुष्टि भएपछि प्रहरीले थप अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा घटनामा बुवाकै संलग्नता रहेको खुलेको प्रहरीले जनाएको छ ।

‘जबरजस्ती गरेको पोल खुल्ने डरले बुवाले नै गोठमा झुण्ड्याएर हत्या गरेर आत्महत्या गरेजस्तो देखाउन खोजेको अनुसन्धानको क्रममा देखियो,’ प्रहरी नायब उपरीक्षक बिष्टले भने ।

बालिकाको बुवालाई कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा यस वर्ष छिट्टै रोपाई हुने

३ असार २०७८, बिहीबार ११:२१
नेपालगञ्ज : बाँकेमा यो वर्ष गत वर्ष भन्दा अगाडी नै धान रोपाई हुने भएको छ । समयमै पानी परेकाले धान रोपाइँका लागि किसानहरु तयारीमा जुटेका छन् । कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालका अनुसार व्याड तयार भइसकेकाले रोपाइँको लागि किसानहरु तयारी अवस्थामा छन् । बाँकेमा रामधान, राधा ४, सामामनसुली, […]

सम्बन्धित