भेरी अस्पतालका मेसु डा.थापलाई कोरोना

सदरलाइन संवाददाता ६ आश्विन २०७७, मंगलवार १४:१२
 

नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जका मेडिकल सुपरिटेण्डेण्ट डा. प्रकाश थापालाई कोरोना संक्रमण भएको छ । विरामीको उपचार र व्यवस्थापनमा खट्दाखट्दै उनी स्वयं संक्रमित हुन पुगेका हुन् । अस्वस्थ भएपछि सोमवार उनले स्वाब दिएका थिए । मंगलवार रिपोर्ट पोजिटिभ आएको छ ।
कोरोना देखिएपछि क्वाटरमै आइसोलेशनमा बसेको डा. थापाले जानकारी दिए । कोभिड १९ नियन्त्रण र रोकथामका लागि अग्रणी भूमिकामा रहेका डा. थापाले आफू निको भएर छिट्टै पुनः विरामीको सेवामा फर्कने बताए ।


तीब्र गतिमा फैलिरहेको कोरोना संक्रमणबाट अछुतो रहन निकै गाह्रो भइरहेको अवस्था आएको भन्दै उनले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन सबैसँग आग्रह गरे ।

Next Post

भेरीको परीक्षणमा २९ संक्रमित थपिए

६ आश्विन २०७७, मंगलवार १४:१२
नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा मंगलवार २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार २९ जनामध्ये १३ जना बाँकेका रहेको र बाँकी बर्दियाका रहेका छन् । भेरी अस्पतालले २ सय जनाको परीक्षण गर्दा २९ जनामा कोरोना […]

सम्बन्धित