मानव बेचबिखनविरुद्ध नितिगत तालिम सम्पन्न

सदरलाइन संवाददाता २६ भाद्र २०७९, आईतवार १६:४९
 

नेपालगञ्ज : बाँके युनेस्को क्लबले बालअधिकार समिति तथा मानव बेचबिखनविरुद्ध समन्वय समितिका पदाधिकारीहरुको क्षमता अभिवृद्धिकालागि दुई दिने नीतिगत तालिम नेपालगञ्जमा सम्पन्न गरेको छ ।

प्लान इन्टरनेशनल नेपालको साझेदारीमा क्लबद्धारा सञ्चालित रोकथाम, पहिचान, शिक्षा र रुपान्तरण (प्रोटेक्ट) परियोजना अन्र्तगत सो तालिमको आयोजना गरिएको हो ।

सो तालीममा नेपालगञ्ज उपमहानगरपालिका र खजुरा गाउँपालिकाका बाल अधिकार समिति र मानव बेचबिखनविरुद्ध समन्वय समितिका गरी १४ जना सहभागीहरुको सहभागिता रहेको थियो । तालीमको सहजीकरण आशीष वर्माले गरेका थिए ।

बेचबिखनको बढदो क्रमलाई मद्देनजर गरी युनेस्को क्लबले सन २०१९ देखि प्लान नेपालको साझेदारीमा उक्त परियोजना संचालन गर्दै आएको क्लबका अध्यक्ष रविकुमार तुलाधरले बताए ।


तालीममा मानव बेचबिखनको हालको अवस्था र यस संग सम्बन्धित निति नियमको बारेमा व्यापक छलफल गरिएको थियो भने कार्यक्रमको अन्तमा मानव बेचबिखन रोकथामकालागि कार्य योजना समेत तयार गरिएको थियो ।

कार्यक्रमको समापनमा बालअधिकार समितिका सदस्य तथा प्रहरी सहायक निरीक्षक दिलसरा रानाले मानव बेचबिखन अन्त्यकालागि सबै एकजुट भएर लाग्नु पर्ने कुरामा जोड दिनइन् ।

खजुरा गाउँपालिकाको बालअधिकार समितिका सदस्य सचिव तथा महिला तथा बालबालिका शाखा प्रमुख सुशीला न्यौपानेले मानव बेचबिखन एउटा असमाजिक जघन्य अपराध भएको जनाउँदै बालबालिकाको संरक्षण हुनु उनीहरुको मौलिक अधिकार हो भने ।

उनले मानव बेचबिखन विरुद्धको अभियानलाई निरन्तरता दिनकालागि हरेक तह तप्काबाट योगदान पुर्याउन आवश्यक रहेको बताए । तालीममा क्लबका कार्यकारी निर्देशक साजिद अली सिद्दीकी तथा फील्ड सुपर भाइजर शंकरसिंह थारु समेतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कृषकलाई डिजिटल सूचना उपलब्ध गारउदै जियो कृषि

२६ भाद्र २०७९, आईतवार १६:४९
नेपालगञ्ज :  कृषकलाई कृषिकर्ममा विभिन्न तरिकाले सुचना दिदै टेवा पुराउदै आएको जियो कृषिले बाँके र बर्दियाका किसानका लागि एकदिने अन्तरक्रिया सम्पन्न गरेको छ । जियो कृषिका कार्यकारी निर्देशक राजनमान शाक्यले किसानको सूचनाको हकको सुनिश्चित गर्दै जानकारी गारउने उद्देश्यले बाँकेका कृषक, सहकारी, पालिका, बजार, संघसंस्था र ज्ञानकेन्द्रको सहभागितामा सो कार्यक्रम सम्पन्न […]

ताजा अपडेट