श्रोत नखुलेको ६ लाखसहित बाँकेमा २ जना पक्राउ

सदरलाइन संवाददाता १ चैत्र २०८०, बिहीबार १५:२२
 

नेपालगञ्ज : राप्तिसोनारी गाउँपालिका–८ शम्सेरगञ्जबाट स्रोत नखुलेको नगद ५ लाख ९० हजार नेपाली रूपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बर्दिया राजापुर नगरपालिका–७ बस्ने २० वर्षीय तेज नारायण थारू र सोही नगरपालिका–८ बस्ने १८ वर्षीय किशोर रहेका छन् ।


प्रहरी चौकी शम्सेरगञ्जबाट खटिएको प्रहरीले भे ९ प ५८४२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगदसहित पक्राउ गरेको हो । उक्त सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जानकीका कृषकलाई स्प्रेयर टंकी प्रदान

१ चैत्र २०८०, बिहीबार १५:२२
नेपालगञ्ज : समृद्धि फाउण्डेशन नेपाल बाँकेले विहीवार बाँकेको जानकी–४ मा कृषकहरूलाई अभिमुखीकरण तथा चार्जेबल स्प्रे टंकी मेशीन वितरण कार्यक्रम सम्पन्न गरेको छ । जानकी गाउँपालिका ४ नं. वडा कार्यालयको आर्थिक सहयोगमा फाउण्डेशनले आयोजना गरेको रक्तदान कार्यक्रममा ३० जना कृषकहरूलाई अभिमुखीकरण तालिम प्रदान गरि स्प्रे टंकी मेशीन वितरण गरिएको हो । […]