नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा मंगलवार २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार २९ जनामध्ये १३ जना बाँकेका रहेको र बाँकी बर्दियाका रहेका छन् । भेरी अस्पतालले २ सय जनाको परीक्षण गर्दा २९ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।