डा. थापा र नरेश श्रेष्ठ प्रवल जनसेवा श्रीबाट सम्मानित

सदरलाइन संवाददाता ३ आश्विन २०७७, शनिबार १४:३६
 

नेपालगञ्ज : संबिधान दिवसका अवसरमा सरकारले बाँकेका दुईजना स्वास्थ्यकर्मीलाई पदक दिएको छ । भेरी अस्पताल नेपालगञ्जका मेसु डा प्रकाश थापा र स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठलाई प्रवल जनसेवा श्री पदकबाट विभूषित गरिएकोे हो ।


राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषित हुनेहरुको नाम घोषणा गर्दा बाँकेका डा. थापा र स्वास्थ्यका श्रेष्ठ परेका हुन् । बाँकेमा कोरोना महामारी रोकथाम, नियन्त्रण र निदानमा डा।थापा र जनस्वास्थ्य अधिकृत श्रेष्ठले प्रभावकारी भूमिका निर्वाह गर्दै आएका छन् । उनीहरुकै नेतृत्वमा अहिले बाँकेमा कोरोना नियन्त्रणका लागि कामहरु भइरहेका छन् ।

Next Post

कोरोना संक्रमितको मृत्यु, बाँकेमा मृतकको संख्या १० पुग्यो

३ आश्विन २०७७, शनिबार १४:३६
नेपालगञ्ज : कोरोना संक्रमणका कारण बाँकेमा थप एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका २१ का ५९ वर्षीया पुरुषको कोरोना संक्रमणका शनिवार राती साढे ११ कारण मृत्यु भएको हो । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ । भदौ २० गते स्वास्थ्यमा समस्या देखिएपछि भेरी अस्पताल […]