कोरोना संक्रमितको मृत्यु, बाँकेमा मृतकको संख्या १० पुग्यो

सदरलाइन संवाददाता ४ आश्विन २०७७, आईतवार ०७:५४
 

नेपालगञ्ज : कोरोना संक्रमणका कारण बाँकेमा थप एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका २१ का ५९ वर्षीया पुरुषको कोरोना संक्रमणका शनिवार राती साढे ११ कारण मृत्यु भएको हो ।

योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ । भदौ २० गते स्वास्थ्यमा समस्या देखिएपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना गरिएका ति पुरुषमा कोरोना संक्रमण देखिएको थियो ।

बिरामीलाई भदौ २१ गतेदेखि प्लाज्मा थेरापीविधिबाट उपचार गरिएको थियो । भदौ २५ गतेदेखि रेडमिसिभर औषधीसमेत चलाईएको र भदौ ३ गते साँझ साढे ५ बजे भेन्टिलेटर समेतको उपचार गरिएको भेरी अस्पतालले जनाएको छ ।


ति पुरुषको दुबै फोक्सोमा निमोनिया देखिएको र उपचारकै क्रममा मृत्यु भएको भेरी अस्पतालको सूचनामा उल्लेख छ ।

Next Post

बाँकेबाट एकचालिस जना कोरोनामुक्त

४ आश्विन २०७७, आईतवार ०७:५४
नेपालगञ्ज : बाँकेबाट आइतवार ४१ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । जिल्लाको विभिन्न आइसोलेशनमा बसेका उनीहरुमा कोरोना नेगेटिभ देखिएपछि डिस्चार्ज भएका हुन् । भदौं २१ गते भर्ना भएका ८ महिला ३३ पुरुष गरी ४१ जना आइतवार डिस्चार्ज भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । […]