विपन्न मुस्लिम परिवारलाई कतार च्यारेटीको पौष्टिक सहयोग

२१ जेष्ठ २०७५, सोमबार २०:१८
 

सदरलाइनडटकम
२१ जेठ, नेपालगन्ज : नेपालगन्ज उप–महानगर क्षेत्रमा रहेका विपन्न मुस्लिम समुदायलाई पौष्टिक आहार बितरण गरिएको छ । कतार च्यारिटीको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबले सोमबार एक कार्यक्रमको आयोजना गरि सो सहयोग वितरण गरेको हो ।
क्लबका बरिष्ठ उपाध्यक्ष सिराज खानले ईस्लाम धर्मावलम्बीहरुको रमजान पर्वलाई लक्षित गर्दै सो खाद्यान्न सामाग्री सहयोग गरेको जानकारी दिए ।
नेपालगन्ज उप–महानगरपालिका भित्र बसोबास गर्ने अति बिपन्न मुस्लिम परिवारका ७० जनालाई सो सामाग्री प्रदान गरिएको बाँके युनेस्कोले जनाएको छ । उनीहरुलाई २० किलो चामल, ५ किलो दाल, ५ किलो पिठो, ३ किलो चिनी, ५ लिटर तेल, १ किलो नुन लगायतको खाद्यान्न सामाग्री रहेको थियो ।
उप–महानगरपालिकाले सिफारिश गरेको मुस्लिम परिवारलाई सो सहयोग गरिएको थियो । यसअघि पनि नेपालको पुर्बी जिल्लाहरुमा कतार च्यारिटीले बिपन्न मुस्लिम परिवारलाई खाद्यान्न सहयोग गर्दै आएको छ ।
बाँके युनेस्को क्लबका अध्यक्ष परवेज अली सिद्दिकीलगायतले एक कार्यक्रममा सो सामाग्री बिपन्न परिवारलाई हस्तान्तरण गरेका थिए ।  

Next Post

तेस्रो नेपालगन्ज गोल्डकपको उद्दघाटन खेलमा नेपालगन्ज–११ विजयी

२१ जेष्ठ २०७५, सोमबार २०:१८
सदरलाइनडटकम २१ जेठ, खजुरा (बाँके) : तेस्रो नेपालगन्ज गोल्डकप फुटबल प्रतियोगिता बाँकेको खजुरा डी गाउँमा सोमबारदेखि सुरु भएको छ । नेपाल राष्ट्रिय आदर्श निमाविको मैदानमा भएको टुवोर्ग तेस्रो नेपालगन्ज गोल्डकपको उद्घाटन खेलमा आयोजक नेपालगन्ज–११ विजयी भएको छ । जितसँगै नेपालगन्ज–११ सेमिफाइनलमा पुगेको छ । नेपालगन्ज–११ ले सशस्त्र प्रहरीलाई २–० गोलले […]