पैदलयात्रीलाई ठक्कर दिई फरार रहेका थारु प्रहरी नियन्त्रणमा

सदरलाइन संवाददाता ३१ जेष्ठ २०७८, सोमबार १६:४९
 

बर्दिया (गुलरिया)  : बर्दिया पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना गरी पैदलयात्रीलाई घाइते बनाएर फरार रहेका एक जना आरोपीलाई बर्दिया प्रहरीले नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बर्दियाको बाँसगढी नगरपालिका वडा नम्वर ९ माछागढमा गतसोमवार पैदलयात्रीलाई ठक्कर दिइ गम्भीर घाइते बनाएर मोटरसाइकल सहित फरार रहेका ककौरा निवासी ३६ वर्षीय रामभरोसे थारुलाई भे ३ प १२५४ नम्बरको मोटरसाइकल सहित नियन्त्रणमा लिएको बर्दिया प्रहरी प्रमुख प्रहरी उपरीषक ईश्वर कार्कीले जानकारी दिए ।


मोटरसाइकल र्दुघटना गरी फरार रहेका थारुलाई लुकीछिपी बसेको अवस्थामा इलाका प्रहरी कार्यालय बाँसगढीको टोलीले शनिवार पक्राउ गरी बर्दिया जिल्ला अदालतमा उपस्थित गराएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक कार्कीले बताए ।

थारुले चलाएको मोटरसाइकलबाट ठक्कर दिइ घाइते बाँसगढी नगरपालिका वेलौरी निवासी प्रेमी थारुको नेपालगञ्ज मेडीकल कलेज कोहलपुर बाँकेमा उपचारका क्रममा गत बुधवार मृत्यु भएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेकोले अपराधमा संलग्न व्यक्तिलाई कारवाही गरिने एसपी कार्कीले जानकारी दिए । घटनास्थल प्रहरी चौकी नभएको स्थानमा रहेकाले लामो अनुसन्धानपछि दुर्घटना गरी फरार रहेका व्यक्तिलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भेरीको ओपिडी सेवा मंगलवारदेखि पुनः सुचारु

३१ जेष्ठ २०७८, सोमबार १६:४९
नेपालगञ्ज : कोरोना भाइरस संक्रमण तिब्र रुपमा फैलिएपछि बन्द गरिएको भेरी अस्पतालको ओपिडी सेवा मंगलवारबाट शुरु भएको छ । भाइरस संक्रमितको चाप बढेसँगै अस्पतालमा ओपीडी सेवा बन्द गरेर कोभिड डेडिकेटेड सेवा सञ्चालन गरिरहेको भेरी अस्पतालले मंगलवारदेखि ओपिडी सेवा शुरु गरेको हो । पछिल्ला केही सातादेखि संक्रमितको संख्या घट्दै गएपछि अस्पतालले […]