लकडाउन अबधीभर बाँकेमा लागु औषधका २४ मुद्दामा ४३ पक्राउ

सदरलाइन संवाददाता २७ भाद्र २०७७, शनिबार १९:३८
 

नेपालगञ्ज : जिल्ला प्रहरी कार्यालय बाँकेले कोभिड–१९ महामारीको लकडाउनकै बीच प्रतिबन्धित लागू औषधसहित ४३ जनालाई नियन्त्रणमा लिएर मुद्दा चलाएको छ । प्रहरीको लागू औषध ब्यूरो तथा विभिन्न युनिटको सक्रियतामा उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवाष खड्काले कोभिड–१९ कोे कारण गरिएको लकडाउनको बीचमा बाँके प्रहरीले लागु औषधको मात्रै २४ वटा मुद्दा दर्ता गरी ७ बिदेशी (भारतीय) सहित ४३ जनालाई नियन्त्रणमा लिएर मुद्दा चलाएको जानकारी दिए ।

प्रहरीका अनुसार चैत्रमा १, बैशाखमा ३ जेठमा १ असारमा ६ साउनमा ११ र भदौ १५ गतेसम्ममा ७ वटा गरी २४ वटा लागू औषध सम्बन्धी मुद्दा दर्ता भएको तथ्याङ्क छ । प्रहरीले यो अवधिमा अफिम ४ किलो १७४ ग्राम, ब्राउनसुगर ११२ ग्राम ८७५ मिलिग्राम, कोरेक्स ३७ लिटर ७ सय मिलिटर, नाईटा«ेजेपाम ६० टेब्लेट, चरेश १ किलो ५ सय र गाँजा १३ किलो बरामद समेत गरेको छ ।


खुला सिमानाको फाईदा उठाउदै विभिन्न बाहानामा लकडाउन र सीमा शिलको अवस्थामा सीमापारी जाने र उताबाट आउदा ब्राउन सुगर, कोरेक्श, नाईट्रोजेपाम जस्ता प्रतिबन्धित लागू औषध बोकेर आउने गरेको प्रहरी नायव उपरीक्षक खड्काले दाबी गरे ।

बाँके भारतसंग खुला सीमा भएको कारणले पनि आगू औषधका दुव्र्यसनी वा कारोवारीले विभिन्न साधनको प्रयोग गरेर लागु औषध वसार पसार गर्ने गरेको प्रहरीको भनाई छ । उनीहरु मोटरसाईकल, ट्रक, पैदलै हिडेर पनि आवत जावत गर्ने गरेका छन् ।

 

Next Post

आइतवार बाँकेमा थप १२ जना डिस्चार्ज

२७ भाद्र २०७७, शनिबार १९:३८
नेपालगञ्ज : बाँकेमा आइतवार थप १२ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । होटल इन्द्रेणीबाट ५ जना, लायन्स डेण्टलबाट ३ जना तथा मेडिकल कलेज चिसापानी आइसोलेशन, होटल सिटी प्यालेस, खुल्ला कारागार आइसोलेशन र आदर्शनगर आइसोलेशनबाट एकएक जना डिस्चार्ज भएका हुन् । योसँगै बाँकेमा कोरोना संक्रमणमुक्त भई डिस्चार्ज हुनेको संख्या […]