बसको ठक्करबाट बाँकेमा एक जनाको मृत्यु

सदरलाइन संवाददाता २५ आश्विन २०७८, सोमबार १६:५६
 

नेपालगञ्ज : पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्तीसोनारी–८ परुवाखोला नजिकै बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ भने अर्का गम्भीर घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ७४४८ नम्वरको बसले सोमवार दिउँसो पौने दुईबजे तिर ठक्कर राप्तीसोनारी गाउँपालिका–८ बालापुर बस्ने चन्द्रा बुढाथोकी खड्काको मृत्यु भएको इप्रका कोहलपुरले जनाएको छ ।


ठक्करबाट शम्शेरगन्ज बस्ने ३६ वर्षीया गीता चौधरी गम्भीर घाइते हुनुभएको छ । घाइतेको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । चालक र वस प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । पैदल हिँडिरहेका चौधरी र खड्कालाई बसले ठक्कर दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बडा दशैको फूलपाती भित्र्याई मनाईदै

२५ आश्विन २०७८, सोमबार १६:५६
नेपालगञ्ज : हिन्दु समुदायको बडा दशैको सातौदिन आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, […]

सम्बन्धित

ताजा अपडेट