बाँकेमा थप ६ जना कोरोनामुक्त

; २२ भाद्र २०७७, सोमबार १२:२२
 

नेपालगञ्ज : बाँकेमा सोमवार थप ६ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । अतिथि होटल आइसोलेशनबाट २ जना तथा भेरी अस्पताल नेपालगञ्ज, मेडिकल कलेज चिसापानी आइसोलेशन, होटल इन्द्रेणी र लायन्स डेण्टल आइसोलेशनबाट एकएक जना कोरोनामुक्त भई डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।


योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ८ सय ३१ पुगेको छ । अब आइसोलेशनमा बाँकेमा ४ सय १३ र अन्य जिल्लाका ३ जना गरी ४ सय १६ जना छन् । बाँकेमा हालसम्म १ हजार २ सय ५१ जनामा कोरोना पुष्टि भएको छ भने ७ जनाको मृत्युु भइसकेको छ ।

Next Post

नेपालगञ्ज उपमहानगर बिहीवारसम्म ‘शील’

२२ भाद्र २०७७, सोमबार १२:२२
नेपालगञ्ज : कोरोना संक्रमणबाट नेपालगञ्ज उपमहानगरपालिका कार्यालयका एक कर्मचारीको निधन भएपछि कार्यालय शील गरिएको छ । जिन्सी सहायक युवराज विक्रम घलेको कोरोना संक्रमणका कारण निधन भएपछि बिहीवारसम्मका लागि कार्यालय शील गरिएको हो । उपमेयर उमा थापा मगरका अनुसार घलेको निधन भएपछि सोमवार एकदिन शोक मनाउन कार्यालय बन्द गरिएको छ भने […]