कैलालीमा माइक्रोबस दुर्घटना

सदरलाइन संवाददाता ३ फाल्गुन २०७७, सोमबार १६:५५
 

कैलाली : कैलालीमा माइक्रोबस दुर्घटना भएको छ । बा ४ ख १५२५ नम्बरको माइक्रोबस जिल्लाको लम्कीचुहा नगरपालिका–६ गुलरामा दुर्घटना भएको हो ।

चालकले आफ्नो साइडमा राखेको मह उठाउने क्रममा माइक्रोबस अनियन्त्रित भइ दुर्घटना भएको इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक भरतबहादुर शाहले बताए ।


नेपालगञ्जबाट महेन्द्रनगरतर्फ गइरहेको उक्त माइक्रोबस दुर्घटनमा परि केही यात्रु घाइते भएका छन् ।

Next Post

मझगाउँ एयरपोर्ट निर्माणका लागि त्रिपक्षीय सम्झौता

३ फाल्गुन २०७७, सोमबार १६:५५
कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगरमा रहेको मझगाउँ विमानस्थलका निर्माणका लागि सोमवार त्रिपक्षीय सम्झौता भएको छ । काठमाण्डौंमा नागरिक उड्डयन मन्त्रालय, सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय सरकारबीच त्रिपक्षीय सम्झौता भएको हो । सम्झौता अनुसार मझगाउँ एयरपोर्ट निर्माणमा मन्त्रालयले ५० प्रतिशत, प्रदेश सरकारले २५ प्रतिशत, भीमदत्त नगरपालिकाले १५ प्रतिशत र दोधारा चाँदनी नगरपालिकाले […]