नेपालगञ्ज उपमहानगर बिहीवारसम्म ‘शील’

; २२ भाद्र २०७७, सोमबार १२:३६
 

नेपालगञ्ज : कोरोना संक्रमणबाट नेपालगञ्ज उपमहानगरपालिका कार्यालयका एक कर्मचारीको निधन भएपछि कार्यालय शील गरिएको छ । जिन्सी सहायक युवराज विक्रम घलेको कोरोना संक्रमणका कारण निधन भएपछि बिहीवारसम्मका लागि कार्यालय शील गरिएको हो ।

उपमेयर उमा थापा मगरका अनुसार घलेको निधन भएपछि सोमवार एकदिन शोक मनाउन कार्यालय बन्द गरिएको छ भने मंगलवारदेखि तीन दिनसम्म कार्यालय शील गर्ने निर्णय भएको छ । उपमहानगरपालिका कार्यालय आईतवारदेखि सुचारु हुनेछ ।


नेपालगञ्जका मेयर डा. धवलशम्शेर राणाले घलेको निधनबाट उपमहानगरपालिकाले इमान्दार राष्ट्रसेवक कर्मचारी गुमाएको बताउँदै शोक सन्तप्त परिवारमा सहानुभूति प्रकट गरेका छन् ।

Next Post

डुडुवा संघर्ष समितिद्वारा राप्ती पुलको सरसफाई

२२ भाद्र २०७७, सोमबार १२:३६
डुडुवा (बाँके) : बाँकेस्थित डुडुवा संघर्ष समितिले सिधनियाँ घाट तथा राप्ती पुलको सरसफाई गरेको छ । सामाजिक कार्यमा सक्रियता बढाउँदै समितिले सोमवार बिहान राप्ती नदीस्थित घाट वरिपरि तथा पुलको सरसफाई गरेको हो । नेकपा डुडुवा, जनता समाजवादी पार्टी डुडुवा र संघर्ष समितिको संयुक्त अग्रसरतामा सरसफाई गरिएको डुडुवा–६ का अध्यक्ष एवं […]