बाँके बर्दियाका थप ४० जनामा कोरोना पुष्टि

२४ जेष्ठ २०७७, शनिबार १३:३६
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँके र बर्दियाका थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जले शनिवार दिउँसो सूचना जारी गर्दै बाँके र बर्दियाका ४० जनामा कोरोना संक्रमण रहेको पुष्टि गरेको हो ।
अस्पतालका अनुसार नेपालगञ्ज–१ का १ जना, बाँकेको खजुरा गाउँपालिका वडा नं. ४ का ७ जना र वडा नं. ५ का १ जना, बैजनाथ गाउँपालिका वडा नं. २ का १ जना र वडा नं. ६ का २ जना रहेका छन् ।
यस्तै बर्दियाको बाँसगढी नगरपालिका–२ का १ जना, ६ का १ र ९ का ३ जना, बढैयाताल गाउँपालिका–६ का १ जना र ७ का २ जना, गुलरिया नगरपालिकाका–३ का ९ जना, ६ का १ जना र १० का १ जना, मधुवन नगरपालिका–२ का २ जना र ५ का २ जना र राजापुर नगरपालिका–८ का २ जना तथा वडा नं. १० का ३ जना रहेका छन् । भेटिएका संक्रमितहरुमा ३ महिला ३७ पुरुष रहेको भेरी अस्पतालले जनाएको छ ।


Next Post

आइतवारदेखि लकडाउन खुकुलो बनाइने

२४ जेष्ठ २०७७, शनिबार १३:३६
सदरलाइनडटकम, काठमाण्डौ : सरकारले आइतवारदेखि लकडाउन खुकुलो बनाउने भएको छ । कोरोना रोकथाम तथा उच्चस्तरीय समन्वय समितिले लकडाउन खुकुलो बनाउने विषयमा मस्यौदा तयार पारेको छ । मस्यौदा अनुसार हालसम्म एकसय भन्दा कम संक्रमण देखिएका जिल्लाभित्र यातायात सुचारू गर्ने तयारी भएको छ । जसमा सिट संख्याको आधामात्रै बोक्न पाइने नियम बनाइएको […]