लागूऔषध चरेससहित महिला पक्राउ

२१ माघ २०७४, आईतवार १९:२३
 

सदरलाइनडटकम 

 २१ माघ, सुर्खेत  :   लागूऔषध चरेससहित एक महिला पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार गुर्भाकोट नगरपालिका–९ दमारगाऊँकी २९ वर्षीय तुल्सी दमाईलाई पक्राउ परेकी हुन् ।


तुल्सीबाट १४ किलो पाँच सय ग्राम अवैध लागूऔषध चरेस बरामद गरिएको छ । बिक्री गर्ने नियतले झोलामा बोकी ल्याएको अवस्थामा ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी उमाप्रसाद चतुर्वेदीले बताए ।

लागू औषध चरेसको अवैध कारोबार भइरहेको विशेष सूचनाको आधारमा खटिएको विशेष टोलीले दमाईलाई पक्राउ गरेको थियो । लागू औषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

Next Post

जुवाखालबाट पाँच जना पक्राउ

२१ माघ २०७४, आईतवार १९:२३
सदरलाइनडटकम   २१ माघ, सुर्खेत  : जिल्ला प्रहरी कार्यालय सुर्खेतले जुवाखालबाट पाँच जनालाई पक्राउ गरेको छ । गस्तीमा खटिएको प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका–९ स्थित दैलेखी टोलबाट उनीहरूलाई पक्राउ गरेको हो । प्रहरी प्रमुख (एसपी) उमाप्रसाद चतुर्वेदीका अनुसार ३९ वर्षीय गगन रावल, ४२ वर्षीय बलबहादुर राना, ५३ वर्षीय जंगबहादुर थापा, ४० वर्षीय […]