बाँकेमा २४ जना कोरोनामुक्त

; १४ भाद्र २०७७, आईतवार १४:०७
 

नेपालगञ्ज : बाँकेमा आइतवार थप २४ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार सशस्त्र प्रहरी बल औद्योगिक सुरक्षा गुल्म नेपालगञ्ज कारकादोका १६ जना सशस्त्र प्रहरी, ग्लोबल आइएमई बैंकका ३ कर्मचारी, खजुराका १ र कोहलपुरका ४ गरी २४ जना डिस्चार्ज भएका हुन् ।

साउन ३२ गते कोरोना संक्रमण पुष्टि भएपछि उनिहरुलाई बिभिन्न आईसोलेशनमा राखेर उपचार गरिएको थियो । आईसोलेशनमा १४ दिन बिताएका र कोरोना सम्बन्धि कुनै लक्षण नदेखिएका ब्यक्तिहरुलाई मात्र डिस्चार्ज गरिएको श्रेष्ठले बताए ।


बाँकेमा हालसम्म ९ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये, ६ जनाको मृत्यु भइसकेको छ । योसँगै बाँकेमा ७ सय २७ जना कोरोनामुक्त भई डिस्चार्ज भइसकेका छन् भने अब विभिन्न आइसोलेशनमा २ सय ५७ जना संक्रमित उपचाररत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Next Post

भेरी अस्पतालको परीक्षणमा १२ संक्रमित थपिए

१४ भाद्र २०७७, आईतवार १४:०७
नेपालगञ्ज : बाँकेमा आइतवार ८ सहित १२ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये नबिल बैंकका १ र टलिकमका २ कर्मचारी पनि रहेका छन् । यस्तै नेपालगञ्ज वडा नं. १० का १९ महिने शिशुमा पनि संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्ज प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बर्दियाका २, बठाना […]

सम्बन्धित