भेरी अस्पतालको परीक्षणमा १२ संक्रमित थपिए

; १४ भाद्र २०७७, आईतवार १६:२७
 

नेपालगञ्ज : बाँकेमा आइतवार ८ सहित १२ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये नबिल बैंकका १ र टलिकमका २ कर्मचारी पनि रहेका छन् ।

यस्तै नेपालगञ्ज वडा नं. १० का १९ महिने शिशुमा पनि संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्ज प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बर्दियाका २, बठाना मोहतारीका १, बनेपा काभ्रेका १ र नेपालगञ्जका ८ गरी १२ जनामा कोरोना पुष्टि भएको हो ।


पछिल्लो २४ घण्टामा ४ सय ९० जनामा गरिएको परीक्षणमा १२ जनामा संक्रमण देखिएको भेरी अस्पतालले जनाएको छ ।

Next Post

नाला विस्तारको निहुमा वडा कार्यालयले बल मिचाई गरेको आरोप

१४ भाद्र २०७७, आईतवार १६:२७
  नेपालगञ्ज  : नेपालगञ्ज उपमहानगर वडा नं.२ का बहुदलकुमार मौर्यले वडा कार्यालयले सडक र नाला विस्तारका क्रममा आफुलाई व्यक्तिगत हानी पुगेको गुनासो गरेका छन् । उनले वडा कार्यालयले अदालतको आदेशलाई समेत अवज्ञा गरेको आरोप लगाए । न्यूरोडबाट घरवारीटोल निस्कने सडक सात मिटर फराकिलो गर्ने सहमति भएपनि वडा कार्यालयले अहिले साढे […]

सम्बन्धित