नरैनापुरका पशुपालक किसानलाई निशुल्क घाँसको बिउ बितरण

सदरलाइन संवाददाता २२ कार्तिक २०७९, मंगलवार १८:२५
 

नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउपालिकाले पशुपालक कृषकलाई व्यवसायिक रुपले पशुपालनका क्षेत्रमा आकर्षित बनाउने उदेश्यले निशुल्क घाँसको बिउ बितरण गरेको छ ।

नरैनापुर गाउपालिका पशु शाखाले नरैनापुर गाउपालिकाका ६ वटै वडामा व्यवसायिक रुपमा पशु पालन गर्ने फार्म, तथा अगुवा किसानलाई निशुल्क घाँसको बिउ बितरण गरिएको शाखा प्रमुख जगतराम यादवले जानकारी दिए ।


उनले गाउपालिकाले पशु उत्पादन बढाउन र कृषकलाई पशुपालनको क्षेत्रमा व्यवसायिक बनाउनको लागि घाँसको विउ बितरण गर्ने नीति ल्याएको बताए ।

नरैनापुर गाउपालिकालाई दुध, तथा मासुजन्य उत्पादनमा आत्मनिर्भर बनाउनको लागि जाई, चरी र वर्सिम घाँसको बिउ बितरण गरिएको पशु शाखाले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भूकम्पबाट डोटीमा ६ जनाको मृत्यु, ५ जना घाइते

२२ कार्तिक २०७९, मंगलवार १८:२५
नेपालगञ्ज : डोटीमा भूकम्पले घर भत्काउँदा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । मंगलबार मध्यराति गएको भूकम्पले घर भत्किँदा पूर्वी चौकी गाउँपालिका–३ को ठाडा गाउँका ६ जनाको मृत्यु भएको डोटीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक भोलाप्रसाद भट्टले बताए । डीएसपी भट्टका अनुसार ठाडा गाउँकी ३८ वर्षीया भगवती बोहरा, उनकी १३ […]