भेरी अस्पतालका दुई चिकित्सकमा कोरोना पुष्टि

९ भाद्र २०७७, मंगलवार १३:५३
 

नेपालगञ्ज : भेरी अस्पतालका दुई चिकित्सकलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अस्पतालका कोरोना फोकल पर्सन डा. संकेत रिसालको सोमवार कोरोना रिपोर्ट पोजेटिभ आएको हो भने वरिष्ठ फिजिशियन डा. राजन पाण्डेलाई मंगलवार कोरोना पुष्टि भएको हो ।

ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि उनले सोमवार स्वाब दिएका थिए । भेरी अस्पतालमा गरिएको पीसीआर परिक्षणमा मंगलवार कोरोना रिपोर्ट पोजेटिभ आएको हो । डा. पाण्डे कोरोना भाइरस संक्रमितको उपचारमा अग्रस्थानमा रहेर खटेका थिए ।


आफुलाई जोखिममै राखेर भएपनि डा. पाण्डेले बिरामीलाई उच्च मनोबलका लागि प्रेरित गर्दै आएका थिए । संक्रमणपछि दुबै चिकित्सक भेरी अस्पतालको आइसोलेशनमा बसेका छन् ।

यसअघि भरी अस्पतालका कोरोना फोकल पर्सन डा. रिसाललाई भाइरस संक्रमण देखिएको थियो । संक्रमणमुक्त भएपछि पुनः कोरोना भाइरस संक्रमणविरुद्धको अभियानमा खटेर बिरामीको सेवामा तल्लीन हुने डाक्टरद्वयको भनाई छ ।

Next Post

मंगलवार २६ जना कोरोनामुक्त

९ भाद्र २०७७, मंगलवार १३:५३
नेपालगञ्ज : बाँकेमा मंगलवार २६ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । साउन २७ गते एकैपटक कोरोना देखिएका उनीहरु डिस्चार्ज भएका हुन् । मंगलवार डिस्चार्ज भएका २६ जनामध्ये २१ जना सिटी प्यालेस होटलको आसोलेशनमा बसेका थिए । आफै पैसा तिरेर होटलको आसोलेशनमा बस्ने व्यवस्था रहेको । स्वास्थ्य कार्यालय बाँकेका कोरोना […]