बाँकेमा सोमवार ४५ जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता २४ माघ २०७८, सोमबार १५:३५
 

नेपालगञ्ज : बाँकेमा सोमवार थप ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणमा ३२ र एन्टिजेन परीक्षणमा १३ जनागरी ३८ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

जिल्लाका तीनवटा पीसीआर ल्यावमा ११४ जनाको नमुना जाँच्दा ३२ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन समितिका फोकल पर्सन तेज वलीले जानकारी दिए ।


भेरीमा १७, कोहलपुर मेडिकल कलेजमा ५ र बागेश्वरी ल्यावमा १० जनामा भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै जमुनाहा नाकामा ३२३ जनाको एन्टिजेन जाँच गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएकामध्ये बाँकेका १८ जना छन् । योसँगै जिल्लामा कुल संक्रमितको संख्या १९ हजार ८१७ पुगेको छ । यस्तै थप २४ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १९ हजार २७० पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरमा भ्युटावर निर्माणको काम ७० प्रतिशत पुरा

२४ माघ २०७८, सोमबार १५:३५
नेपालगञ्ज : बाँकेको कोहलपुरमा मौलिक पहिचान झल्कने गरी घण्टाघरसहितको १० तले सुविधासम्पन्न भ्यूटावर निर्माणको निर्माण कार्य पूरा नभएपछि ६ महिना म्याद थप्ने तयारी भएको छ । नगरपालिकाले २०७८ माघ २५ गते सम्पन्न गर्नेगरी २०७६ माघ २९ गते जयभवानी निर्माण कम्पनीसँग निर्माणका लागि सम्झौता गरेको थियो । भोलीसम्म काम सम्पन्न हुनु […]

सम्बन्धित