मंगलवार २६ जना कोरोनामुक्त

९ भाद्र २०७७, मंगलवार १४:०६
 

नेपालगञ्ज : बाँकेमा मंगलवार २६ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । साउन २७ गते एकैपटक कोरोना देखिएका उनीहरु डिस्चार्ज भएका हुन् । मंगलवार डिस्चार्ज भएका २६ जनामध्ये २१ जना सिटी प्यालेस होटलको आसोलेशनमा बसेका थिए ।


आफै पैसा तिरेर होटलको आसोलेशनमा बस्ने व्यवस्था रहेको । स्वास्थ्य कार्यालय बाँकेका कोरोना फेकल पर्सन नरेश श्रेष्ठका अनुसार योसंगै जिल्लाबाट ६ सय ५४ जना कोरोनामुक्त भएका छन् ।

Next Post

बाँकेमा थप नौ जनामा कोरोना पुष्टि

९ भाद्र २०७७, मंगलवार १४:०६
नेपालगञ्ज : बाँकेमा मंगलवार ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा भेरी अस्पतालका एक जना चिकित्सक, एभरेष्ट बैंकका २ जना, वडा प्रहरी कार्यालय नेपालगञ्जका एक, नेपालगञ्जको वडा नम्बर ४ का ३, वडा नम्बर १ र ९ का एकएक जनामा कोरोना पुष्टि भएको […]